default_image

5 years ago

June 1, 2020

रोनाल्डोको शीर्ष ५ मै क्रिस्टियानो परेनन्!

151 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियोले आफूलाई मन पर्ने पाँच खेलाडीको नाममा लिओनेल मेस्सीलाई शीर्ष स्थानमा राख्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने समावेश नै गरेका छैनन् ।

विश्व फुटबलमा पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा चलिरहेको छ तर एक जमानामा आफैं सर्वोत्कृष्ट रहेका रोनाल्डोले मेस्सीलाई नै उत्कृष्ट मानेका छन् उनले ६ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीलाई शीर्ष स्थानमा राख्दा ५ पटकका विजेता क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो रोजाईको शीर्ष ५ मा नै अटाएनन्

शीर्ष ५ खेलाडी रोज्न एएसको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘ अवश्य पनि मेस्सी नै नम्बर १ खेलाडी हुन् । उनीजस्तो प्रतिभा हेर्न हामीले २०-३० वर्ष प्रतीक्षा गर्नुपर्छ । मलाई त्यसपछि मोहमा सलाह, इडेन हाजार्ड, नेयमारको खेल मनपर्छ र अहिले किलियन एम्बाप्पे पनि ।’

रोनाल्डोले एमबाप्पे र आफूबीच पछिल्लो समय दाँजेर गरिने चर्चालाई भने नकारे ‘ मलाई धेरैले भने की एमबाप्पे मजस्तो खेल्छन् खेल्ने शैली, तीव्र गति, फिनिस गर्ने तरिका र दुवै खुटाले प्रहार गर्ने क्षमता, यो सब मिल्छ भन्ने अरुको दावी छ,’ रोनाल्डोले भने, ‘ होला केहि समानता होला तर म दाँजेर हेर्न सक्दिन हामी दुई फरक युगको खेलाडी हौँ र हामीले खेल्ने अवस्था पनि फरक छ

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.