5 years ago
May 31, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा आज (आइतबार) दुई खेल हुदैछ । उपाधिको झिनो आशा रहेको बोरुसिया डर्टमुन्ड र पाडेरवर्न तथा बोरुसिया मोन्चेनग्लाडबाच र युनियन बर्लिनबीच प्रतिस्पर्धा हुदैछ ।
डर्टमुन्ड र पाडेरवर्नबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे तथा मोन्चेनग्लाडबाक र युनियन बर्लिनबीचको खेल साँझ ७ः१५ बजेपछि हुनेछ । उपाधिको सम्भावना जीवितै राख्न डर्टमुन्ड घरेलु टोलीलाई पराजित गर्दै शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी छोट्याउने दाउमा हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा डर्टमुन्डसँग आफ्ना स्टार खेलाडी एर्लिङ ब्राउट हालान्ड तथा मिडफिल्डरद्वय मामुद दाहुद र मार्काे रिउस हुनेछैनन् । हालान्ड र मामुदले बायर्नम्युनिखविरुद्धको खेलमा चोट बोक्दा रिउस पुनरागमनको प्रयासमा छन् । दाहुदले अब यस सिजन खेल्न नसक्ने प्रशिक्षक लुसियन फाभ्रले बताएका छन् । हालान्ड नहुँदा डर्टमुन्डको अग्रपङ्ति थोर्गन हजार्डले सम्हाल्नेछन् । उनलाई जाडोन सान्चो र जुलियन ब्रान्डले साथ दिनेछन् ।
पाडेरवर्नलाई पराजित गर्न सकेमा डर्टमुन्डले बायर्नसँगको अंक दुरी ७ मा झार्नेछ । बराबरी या हारले भने डर्टमुन्डको उपाधि यात्रा लगभग समाप्त हुनेछ । उपाधि होडलाई कायम राख्न पनि डर्टमुन्डलाई पाडेरवर्नविरुद्ध जित निकाल्नु आवश्यक छ ।
बायर्नको २९ खेलमा ६७ अंक रहेको छ । डर्टमुन्डको ५७ अंक छ । पाडेरवर्नन १९ अंक जोडेर पुछारमा रहेको छ । डर्टमुन्ड गत मंगलबार घरेलु मैदानमा बायर्नसँग १–० ले पराजित भएपछि उपाधि यात्रामा धक्का लागेको थियो ।
यि दुई टोलीले गत नोभेम्बरमा भएको खेलमा ३–३ को गोलको बराबरी खेलेको थिए । घरेलु मैदानमा डर्टमुन्ड पहिलो हाफमा ३–० ले पछि परेको स्थिति उल्ट्याएर ३–३ गोलको बराबरीको नतिजा निकाल्दै सम्भावित हार टारेको थियो । पछिल्लो ५ खेलमा डर्टमुन्डले ३ खेलमा जित र २ बराबरीको नतिजा निकाल्दा पाडेरवर्नले जित निकाल्न सकेको छैन । डर्टमुन्ड पाडेरवर्नविरुद्ध अपराजित रहने दाउमा रहँदा पाडेरवर्न डर्टमन्डलाई हराउने लक्ष्यमा मैदानमा उत्रनेछ ।
यस्तै अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले युनियन बर्लिनलाई घरेलु मैदानमा आतिथ्यता गर्दै छ । मोन्चेनग्लाडबाक बर्लिनलाई पराजित गर्दै बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । मोन्चेनग्लाडबाक २८ खेलबाट ५३ अंक जोडेर पाँचौ स्थानमा छ । ५६ अंक जोडेर बायर लेभरकुसन तेस्रो तथा ५५ अंक जोडेर आरबी लाइप्जिग चौथो स्थानमा छ ।
मोन्चेनग्लाडबाकले मर्लिनमाथि जित निकाल्न सकेको अवस्थामा लेभरकुसनलाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ । यता, युनियन बर्लिन मोन्चेनग्लाडबाकलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । युनियन बर्लिन ३१ अंक जोडेर १३औं स्थानमा छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]