5 years ago
May 30, 2020
एजेन्सी – साल्केले कोरोना त्रासपछि शुरु भएको जर्मन बुन्डेस लिगामा लगातार चौथो हार बेहोरेको छ । घरेलु मैदानमा वेर्डर ब्रेमेनसँग १–० ले पराजित भएसँगै साल्केले लगातार चौथो हार बेहोरेको हो ।
साल्के यसअघि बोरुसिया डर्टमुन्ड, अग्सवर्ग र डुसेलडर्फसँग पराजित भएको थियो । लगातारको हारसँगै साल्के २९ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ । साल्केलाई पराजित गरेको वेर्डर ब्रेमेन २५ अंक जोडेर रेलिगेसन जोनको १७औं स्थानमा यथावत रहेको छ ।
भेल्टिन्स एरिनामा शनिबार राति भएको खेलमा घरेलु टोली साल्के खेलको ३२औं मिनेटमा लियोनार्दाे बिटेनकर्टको गोलबाट पछि परेको थियो । उनले मिलोट रासिकाको पासमा गोल गरेका थिए । त्यही गोल नै ब्रेमेनको जितमा निर्णायक बन्यो ।
अन्य नतिजा
हेर्था बर्लिनविरुद्ध अग्सवर्ग (२–०)
माइन्जविरुद्ध होफेनहाइन (०–१)
वल्फ्सवर्गविरुद्ध फ्रान्कफर्ट (१–२)
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]