default_image

5 years ago

May 30, 2020

जसलाई रोनाल्डोले आफूभन्दा राम्रो भनेका थिए

148 views

0 Bookmark

एजेन्सी – जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सन् २००३ मा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’

त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ लिस्बन एकेडेमीका पाईमलाई सानै उमेरमा ठूला क्लबहरुले अनुबन्धन गर्न खोजेका थिए । १४ वर्षको उमेरमा नै उनलाई हेर्न रियल म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिडका स्काउट आफैं मैदान पुग्थे ।

कलिलो उमेरमा नै उनले विश्व फुटबलका सुपर एजेन्ट जोर्गे मेन्डेससँग सम्झौता गरेका थिए । पाईम १९ वर्ष भएपछि प्रिमियर लिगको ठूलो क्लब चेल्सीमा अनुबन्धित भए । त्यसबेला ब्राजिलियन प्रशिक्षक लुइज फिलिपे स्कोलारीले पाईमलाई अनुबन्धन गरेका थिए । धेरैले पाईम सिनियर टोलीमा खेल्न सक्ने देखेका थिए, तर समय बित्दै जाँदा त्यसो भएन ।

सन् २००८ मा चेल्सी पुगेका उनले रिजर्भ टिमबाट मात्र खेल्ने मौका पाए । चार महिने चेल्सी बसाइमा सिनियर टोलीसम्म पुग्न नसकेपछि क्लबले उनलाई लोनमा पठायो । पोर्चुगलको रिओ एभ र त्यसपछि रियल मासामाबाट अपेक्षित प्रदर्शन गर्न नसकेपछि सन् २०१० मा उनको सम्झौता रद्द भयो ।

रोनाल्डोले आफूभन्दा उत्कृष्ट बखान गरेका खेलाडी सन् २०११ मा पोर्चुगलको तेस्रो श्रेणी क्लबमा पनि टिक्न सकेनन । उनले एससीयु तोरेनेसेबाट मात्र तीन खेल खेल्न पाए । त्यसपछि पाईम लगातार क्लब परिवर्तन गर्दै आफ्नो करीअर अगाडी बढाउने प्रयासमा लागे । उनले कतारको अल खरैतियत र लक्जेमबर्गको युनियन कल तेतान्जेबाट पनि खेले ।

एक समय युवा खेलाडीको रुपमा तहल्का मच्चाएका पाईमले चीन, एंगोला, माल्टा, लिथुआनिया, लक्जेम्बर्ग कतार र ब्राजिलका क्लबबाट खेले । तर फिटनेसको समस्यासँगै मैदानमा अपेक्षित प्रदर्शन गर्न नसक्दा उनले कतैपनि टिक्न सकेनन् ।

राम्रो खेलाडीका रुपमा करीअर अगाडी बढाउन नसकेपछि आजित भएका उनी कुलतमा फसे । उनी गत वर्ष लागु औषध तस्कर गरेको आरोपमा समातिए । पुलिसले गिरफ्तारपछि उनको घरमा खानतलासी गर्दा १२ ग्राम को’किन, तौल जोख्ने मेसिन, ९ सय युरो र एक बिएमडब्लु कार बरामद गरेको थियो । उनलाई लिस्बननजिक काजियास जेलमा राखिएको थियो ।

उनै पाईमले गत साता ग्लोबोस्पोर्टसँग आफ्नो करीअर र रोनाल्डोबारे अन्तर्वार्ता पनि दिएका छन् । ‘रोनाल्डो यस विश्वका खेलाडी हैनन् । अहिले उनीसँग दाँज्न लायक खेलाडी सायदै कोहि होला । पहिला भने थिएँ,’ उनले भने ।

‘ एक समय थियो जतिबेला म रोनाल्डोभन्दा राम्रो थिएँ । तर उनीसँग जे थियो, त्यो मसँग थिएन । रोनाल्डोको मुख्य विशेषता भने उनको लगाव हो । उनले चाहेको लक्ष्यमा पुग्नै पर्ने र त्यसका लागि लगातार मिहिनेत गर्नसक्ने क्षमता छ, त्यो मसँग थिएन ।’

‘ म युवा उमेरमा उनीभन्दा प्रतिभाशाली र स्तरीय खेलाडी थिएँ । तर बाँकी भने मसँग थिएन ।’

‘ म अहिले बरु कम प्रतिभा भएर अन्य कुरा बढी भएको भए ठिक हुने सोच्छु । म विश्वको उत्कृष्ट खेलाडी बन्न सक्थें । जन्मँदा कोहि पनि उत्कृष्ट भएर जन्मने होइन रहेछ । मलाई लाग्थ्यो मसँग प्रतिभा छ र यसले उत्कृष्ट बन्न पर्याप्त हुन्छ, तर म गलत रहेछु । मिहिनेत र लगाव उत्तकै महत्त्वपूर्ण रहेछ ।’

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.