5 years ago
May 30, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल र फाइनल खेल टर्कीको इस्तानबुलबाट सार्ने योजना बनाएको छ ।
युइएफएले टर्की शहरले समर्थकविनाको च्याम्पियन्स लिगका खेलहरु गर्न निकै संघर्ष गर्नुपर्ने देखिएका कारण सार्ने तयारी गरिरहेको हो । १७ जुनमा बस्ने युइएफएको बोर्ड मिटिङले च्याम्पियन्स लिगको बाँकी खेल र एक भेन्युको बारेका निर्णय गर्न सक्नेछ । च्याम्पियन्स लिग अगस्टमा सकाउने योजना छ ।
यसअघि च्याम्पियन्स लिगको फाइनल ३० मेलाई तय थियो । तर, कोरोना कहरका कारण यो सबै स्थगित अवस्थामा छ । रिपोर्ट अनुसार युइएफए र आयोजक शहरबीच यस विषयमा छलफल भइरहेको छ । आयोजक शहरले फ्यानविना आफ्नो लगानी उठाउन नसक्ने र हवाई यात्रासम्वन्धी पनि झन्झट बेहोर्नुपर्ने छ ।
यस्तै सबै बाँकी रहेका खेलहरु एकै भेन्युमा गराउदा आयोजक शहरलाई आर्थिक हिसावले थप घाटा हुन सक्ने देखिएको छ । जर्मनी र पोर्चुगलको लिस्वन शहर फ्यानविना युइएफएको बाँकी रहेको खेलहरु गराउन सक्षम रहेको र आयोजनाका लागि तयार रहने बताएका छन् । युरोप लिगको हकमा पनि च्याम्पियन्स लिगकै पद्दतिमा प्रस्ताव अगाडी सारिएको छ ।
तर, युइएफएले क्वाटरफाइनलदेखि डबल लेग (होम एन्ड अवे) नखेलाउने योजना अघि सारेको छ । सेमिफाइनल र फाइनल खेलका लागि पनि फाइनल फोर अर्थात् चार टोलीको एकै मैदानमा चार दिनको अन्तरमा खेल गराउने योजना युइएफएको योजना छ ।
त्यसअघि युइएफएले प्रि–क्वाटरफाइनलका बाँकी खेल र क्वाटरफाइनलका सबै खेल ‘न्युट्रल भेन्यु’ मा खेलाउन सक्नेछ । युइएफएले अगस्टको पहिलो साता प्रि–क्वाटरफाइनलका बाँकी खेल गराउने योजना अघि सारिसकेको छ ।
स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएका छन् । क्वाटरफाइनल पुग्न राउन्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]