5 years ago
May 29, 2020
एजेन्सी – फ्रान्सेली राष्ट्रिय टोली तथा पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पेले आफ्नो लक्ष्य हाललाई ब्यालोन डी’ओर जित्ने नभएर टोलीको सफलतामा केन्द्रित रहेको बताएका छन् ।
एमबाप्पेले उक्त उपाधि एकदिन जित्ने रहर भएपनि जित्नैपर्छ भन्ने भावना भने नभएको अभिव्यक्ति दिएका छन् । २१ वर्षीय उनी हाल विश्वका उत्कृष्ट खेलाडीमा गनिन्छन् । उनलाई भविष्यमा उक्त उपाधिमा दबदबा कायम गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।
पछिल्लो समय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले प्रतिष्ठित ब्यालोन डी’ओरमा वर्चस्व कायम गर्दै आएका छन् । सन् २००८ यता मेस्सी र रोनाल्डोले ११ पटक यस उपाधि जितेका छन् । सन् २०१८ मा क्रोएसियाका लुका मोड्रीचले यस उपाधि हात पारेका थिए ।
एमबाप्पेले अहिले नै ब्यालोन डी’ओर बारे सोच्ने हतार नगरेको बताए । ‘ब्यालोन डी’ओर जित्न सक्नु राम्रो हुनेछ । तर अहिले त्यहि जित्नुपर्छ भनेर मैले निन्द्रा बिगार्दीन,’ द मिररसँगको अन्तवार्तामा उनले भने, ‘मैले अर्को सिजन वा त्यसपछिको सिजन जित्नुपर्छ भन्ने सोच राखेको छैन । मैले कुनै समयसीमा तोकेको छैन ।’
‘मैले सधैं फ्रान्स र पीएसजीलाई प्राथमिकतामा राखेको छु । कसरि मेरो प्रदर्शनले टोलीलाई सहज हुन्छ भन्ने सोच छ । यदि टोलीको सफलतासँगै व्यक्तिगत रुपमा पनि मैले जित्छु भने, त्यसलाई म बोनसको रुपमा लिन्छु ।’
एमबाप्पेले सन् २०१६-१७ मा मोनाको र त्यसपछि लगातार तीन सिजन पीएसजीबाट खेल्दै फ्रान्सेली लिग वनको उपाधि जितेका छन् । यसबाहेक उनले अन्य घरेलु प्रतियोगिता पनि जितिसकेका छन् । सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपमा पनि उनकै प्रभावशाली प्रदर्शनमा फ्रान्सले विश्वकप उपाधि जितेको थियो । यद्यपि उनको मुख्य लक्ष्य भने च्याम्पियन्स लिग जित्नु छ, र त्यो उनी पीएसजीबाट जित्न चाहन्छन् ।
‘मेरो लक्ष्य राष्ट्रिय टोलीबाट लगातार सफल हुनु हो । अर्को वर्ष हामी युरोपेली च्याम्पियनसिप खेल्दैछौं, त्यो उपाधि जित्नु अहिलेको लक्ष्य छ,’ उनले थपे, ‘ च्याम्पियन्स लिग पनि मेरो लक्ष्य हो । र पीएसजीमा रहेर पहिलो युरोपेली उपाधि जित्नु पक्कैपनि विशेष हुनेछ ।’
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]