5 years ago
May 29, 2020
एजेन्सी – विश्व खेलकुदका गतिविधि बिस्तारै सुचारु हुने क्रममा छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण स्थगित भएका युरोपका शीर्ष लिग पनि अब सुचारु हुने मिति तय भइसकेको छ । जर्मनीमा त लिग सुचारु भएपछि तीन चरणका खेल पनि सम्पन्न भएका छन् ।
यसबीचमा इटालीको शीर्ष डिभिजन लिग, सिरी ए पनि जुन २० बाट सुचारु हुने भएको छ । त्यसअघि जुन १३ मा कोप्पा इटालियाका खेलहरुमार्फत इटालीमा फुटबल गतिवधि सुचारु गर्ने निर्णय भएको छ । कोप्पा इटालियामा सेमिफाइनल चरणका खेल हुनेछन् । फाइनल भने लिग सुरु भएपछिको सातामा गरिने तयारी रहेको छ ।
इटालियन लिगमा यसपटक उपाधिका लागि साविक विजेता युभेन्टसलाई लाजियोले दबाब दिइरहेको छ । अंक तालिकामा युभेन्टस लाजियोभन्दा १ अंक मात्र माथि छ । उपाधि होडमा रहेका यी टोलीहरुको प्रदर्शन कस्तो छ त ?
युभेन्टस :
– लिग तालिकामा शीर्ष स्थानमा रहेको युभेन्टसले २६ खेलमा २० जित, ३ बराबरी र ३ हारसहित ६३ अंक जोडेको छ । यसक्रममा ५० गोल गर्दै टोलीले २४ गोल खाएको छ ।
– युभेन्टस जारी सिजन लिगमा जम्मा १ सय ३३ मिनेट खेलमा पछाडी परेको छ । यो लिगकै अन्य टोलीभन्दा उत्कृष्ट समय हो ।
– घरेलु मैदानमा युभेन्टसले पछिल्लो ३४ लिग खेलमा अपराजित रहेको छ । यसक्रममा टुरिनको टोलीले २९ जित र ५ बराबरी खेलेको छ । घरेलु मैदानमा अपराजित रहने सिलसिलामा दोस्रो स्थानमा रहेको लाजियोले पछिल्लो १५ खेलमा हार बेहोरेको छैन ।
– युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोले एकै सिजनको लगातार ११ खेलमा गोल गर्दै कीर्तिमान बराबरी गरे । यसक्रममा उनले गतवर्ष पूरा सिजनमा गरेको गोल संख्या पनि अहिले नै भेटेका छन् । उनले गत सिजन ०.६८ गोल प्रतिखेलको तुलनमा यस सिजन ०.९५ गोल प्रतिखेलको औसतमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
– इटालियन लिगमा ४२ गोलको आँकडा भेट्न रोनाल्डोले सबैभन्दा कम खेलको कीर्तिमान राखेका छन् । रोनाल्डोले मात्र ५२ खेलमा ४२ गोल गरेका हुन् । यसअघि ब्राजिलका रोनाल्डो नाजारियो, इटालीका भिन्सेन्जो मोन्टेला र युक्रेनका आन्द्रे शेभचेन्कोले ५८ खेलमा उक्त आँकडा पार गरेका थिए ।
लाजियो :
– लाजियोले लिगको २६ खेलमा १९ जित, ५ बराबरी र २ हारसँगै ६२ अंक जोडेको छ । यसक्रममा टोलीले ६० गोल गर्दै मात्र २३ गोल खाएको छ । लाजियो लिगमा सबैभन्दा कम गोल खाने टोली हो ।
– लाजियोले इटालियन लिगको पछिल्ला २१ खेलमा पराजय बेहोरेको छैन । यसक्रममा टोलीले १७ जित र ४ बराबरी खेलेको छ । क्लबको इतिहासमा यो कीर्तिमानी प्रदर्शन पनि हो । यस कीर्तिमान कायम गर्ने ७ मध्य ६ क्लबले लिग उपाधि जितेको इतिहास रहेको छ । सन् २००९-१० मा रोमाले अपराजित यात्राको कीर्तिमान बनाएपनि लिग भने जितेको थिएन ।
– इटालियन फरवार्ड चिरो इम्मोबिलेले २६ खेलमा २७ गोल गरेका छन् । लिगको इतिहासमा २६ खेलमा योभन्दा बढी गोल एन्टोनियो भ्यालेनटिन अन्जेलिलोले मात्र गरेका थिए । १९५८-५९ सिजनमा उनले २६ खेल खेल्दा २९ गोल गरेका थिए ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]