default_image

5 years ago

May 29, 2020

बार्सिलोनाका पूर्व गोलरक्षक भाल्डेस प्रशिक्षकमा नियुक्त

127 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका पुर्व गोलरक्षक भिक्टर भाल्डेस स्पेनको चौथो डिभिजनको क्लबको मुख्य प्रशिक्षक बनेका छन् । 

३८ वर्षीय भाल्डेस स्पेनको चौथो डिभिजन क्लब युनिओ एट्लेटिका डिहर्थाका प्रशिक्षक बनेका हुन् । २०१७ मा व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेसँगै भाल्डेजले २०१८–१९ मा मोराटालाजको युथ टोली र २०१९ देखि बार्सिलोनाकै युथ टोलीका प्रशिक्षक बनेका थिए । भाल्डेसले २०१९ अक्टोबरमै बार्सिलोना छाडेका थिए ।

युनिओ एट्लेटिका डिहर्थाले भाल्डेजको आगमनसँगै उनले क्लबमा ठुलो सफलता हात पार्नेमा आशावादी रहेको बताएका छन् । चौथो डिभिजनको क्लब सम्हालेका भाल्डेसलाई चुनौती पक्कै पनि हुनेछ । क्याटलानको विशाल समर्थन देखेका भाल्डेसलाई युनियोको मात्रै २ हजार ५ सय दर्शक क्षमताका मात्रै रंगशालामा पक्कै फरक पर्नेछ । क्लबले हालसम्म तेस्रो तहभन्दा माथि प्रतिस्पर्धा गरेको छैन ।

गतवर्ष बार्सिलोनाको एकेडेमी ला मासियाका निर्देशक प्याट्रिक क्लाइभर्टसँग झगडा भएपछि क्लबले भाल्डेजलाई ला मासियाको यु–१९ टोलीको प्रशिक्षकबाट बर्खास्त गरेको थियो । अक्टोबरमा बार्सिलोनाले भाल्डेस यु–१९ ए टोलीको प्रशिक्षक छैनन् र क्लबमा कार्यरत नभएको बताएको थियो ।

बार्सिलोनामै हुर्किएका भाल्डेसले २००२ देखि २०१४ सम्म बार्सिलोनामा बिताएका थिए । भाल्डेसले बार्सिलोनाबाट ५३५ खेल खेलेका छन् । त्यसपछि इंग्लिस क्लब म्यानेचस्टर युनाइटेड पुगेका भाल्डेसले बेल्जियन क्लब हुँदै इंग्लिस क्लब मिडल्सब्रोबाट खेल्दै २०१७ मा सन्यास लिएका थिए ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.