5 years ago
May 29, 2020
एजेन्सी – कोरोना महामारीका कारण भन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा जुन ११ बाट सुरु हुने भएको छ । ११ जुनमा सेभिया र रियल बेटिसको खेलबाट स्थगित ला लिगा पुनः शुरु हुनेछ ।
ला लिगाका अध्यक्ष जेभियर टेवासले बिहीबार भएको क्लबको बैठकपछि यो सिजनको बाँकी खेलहरु ११ जुनबाट शुरु भएर १९ जुलाईमा सकाउने बताएका हुन् । यो मिति अनुसार ला लिगाका बाँकी रहेका ११ राउन्डका ११० खेल ३९ दिनमा सम्पन्न हुने छ ।
अध्यक्ष जेभियर टेबासले हरेक दिनको बिश्रामपछि खेल हुने जानकारी गराएका छन् । स्पेनिस फुटबल महासंघ र ला लिगाबीच सिजनको बाँकी खेलको तालिकामा सहमति जुटेको छ ।
सबै खेल बन्द रंगशालामा हुनेछ । खेलको दौरान प्रत्यक्ष प्रशारण हेरिरहेका समर्थकले स्पिकरमार्फत दर्शकको आवाज समेत सुन्न पाउनेछन् । खेलको उत्साह जारी रहोस भन्ने हेतुले दर्शकले निकालेको पुरानो आवाज सुन्न सकिने व्यवस्था गरिएको ला लिगाले जनाएको छ ।
ला लिगमा २७ चरणको खेल सम्पन्न भइसकेका छन् । ला लिगामा ११ चरणका खेल बाँकी छन् । बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । रियल म्याड्रिड ५६ अंक सहित दोस्रो स्थानमा छ । मालोर्का, लेगानेस र इस्पान्योल रेलिगेसन जोनमा छन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]