5 years ago
May 29, 2020
एजेन्सी – कोरोना महामारीका कारण मार्च दोस्रो सातादेखि स्थगित इटालियन सिरी ‘ए’ २० जुनदेखि सुचारु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ‘ए’ जुन २० देखि शुरु हुने जानकारी गराएको हो ।
देशव्यापी लकडाउनका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित भएको थियो । सिरी ‘ए’ क्लबहरुले विगत एक महनिादेखि नै प्रशिक्षण शुरु गरिसकेको छ । इटली सरकारले जुन १४ सम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि इटली फुटबल फेडेरेसन (एफआइजिसी) ले जुन दोस्रो सातादेखि सिरी ए सुचारु गर्ने योजना बनाएपनि धक्का लागेको थियो ।
इटलीका प्रधानमन्त्री गुइसेप्पे कोन्टेले १४ जुनसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएका थिए । खेलकुद मन्त्री स्पाडाफोराले बिहीबार तीन सातापछि सिरी ‘ए’ सुरु हुने मिति निर्धारण गरेपछि सिरी ए लाई अझै एकहप्ता बढी कुर्नुपर्ने भएको छ । मार्च ९ देखि स्थगित सिरी ‘ए’ सुचारु हुने सम्भावना छ । तर, त्यो भन्दा एक हप्ता अघि इटालियन कप शुरु हुन सक्ने खेलकुद मन्त्री स्पाडोफोराले जानकारी गराएका छन् । खेलकुद मन्त्री स्पाडोफोराले एफआइजिसी, खेलाडी संघ र सिरी ए लिगका प्रतिनिधिसँगको छलफलपछि यो निर्णय भएको घोषणा गरेका हुन् ।
‘हामी भन्न सक्छौं । सिरी ए २० जुनदेखि शुरु हुन सक्छ । त्यसअघि इटलियन कपको सेमिफाइनल १३ जुनमा र फाइनल १७ जुनमा हुन सक्नेछ ।’ खेलकुद मन्त्री स्पाडोफोराले भने । बिहीबार नै इंग्लिस प्रिमियर लिग १७ जुनबाट सुचारु हुने घोषणा भएको थियो ।
सिरी ‘ए’ मा अझै १२ राउन्डको खेल बाँकी छ । २५औं चरणको खेल जारी रहँदा सिरी ‘ए’ स्थगित हुन पुगेको थियो । युभेन्टस ६३ अंक जोडेर शीर्षस्थानमा रहँदा लाजियोलाई ६२ अंक जोडेर युभेन्टसलाई पछ्याइरहेको छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]