5 years ago
May 27, 2020
एजेन्सी – जर्मन टोली बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ ब्राउट हालान्ड मंगलबार बायर्न म्युनिखविरुद्ध खेलमा घाइते भएका छन् । उनको चोटले डर्टमुन्डलाई आक्रमणमा समस्या पर्ने भएको छ ।
जनवरीमा अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मनी आएका हालान्डले उत्कृष्ट सुरुवात गरेका थिए । मंगलबार उपाधि होडमा रहेका शीर्ष दुई टोलीको खेलमा भने हालान्डले गोल गर्न सकेनन् । यद्यपि उनले पहिलो हाफमा गोल गर्ने केहि सुन्दर अवसर भने पाएका थिए ।
दोस्रो हाफको ७२ औं मिनेटमा मिडफिल्डर जेडन सान्चोको क्रस भेट्ने प्रयासमा हालान्डले घुँडामा चोट बोकेका थिए । उनको चोट कस्तो रहेको भन्ने यकिन नभएको टोलीका प्रशिक्षक लुसियन फाभ्रले बताएका छन् । ‘म अहिले नै चोट कस्तो छ भन्ने अवस्थामा छैन । घुँडामा चोट लागेको हो, तर कति गम्भीर चोट हो भन्ने परिक्षण गरेपछि थाहा हुन्छ,’ उनले भने ।
हालान्डले डर्टमुन्डका लागि लिगका ८ खेलमा सुरुवात गर्दै १० गोल गरेका छन् । उनी ३ खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । हालान्डले सबै प्रतियोगितामा डर्टमुन्डका लागि १३ गोल गरिसकेका छन् । बायर्नविरुद्ध पहिलो हाफमा केहि अवसर चुकाएका उनले दोस्रो हाफमा भने त्यहि लयमा खेल्न सकेनन् । खेलमा बायर्नले १-० को जित दर्ता गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।
हालान्डको चोट गम्भीर भएमा डर्टमुन्डलाई आक्रमणमा समस्या पर्ने निश्चित छ । चोटका कारण जेडन सान्चो पनि सुरुवाती ११ मा पर्न नसक्दा जुलियन ब्रान्ट र थोर्गन हाजार्डमा आक्रमणको दारोमदार आउनेछ । स्पेनिस फरवार्ड पाको अल्कासेर र जर्मन फरवार्ड मार्को रिउसमाथि पनि जिम्मेवारी थप हुनेछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]