default_image

5 years ago

May 27, 2020

जिदान र रोनाल्डो मेरो आइडलः एमबाप्पे

130 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेले फुटबलका दुई हस्ती जिनेदिन जिदान र क्रिस्टियानो रोनाल्डो आफ्नो रोल मोडल रहेको बताएका छन् ।

एमबाप्पे र जिदानबीचको सुमधुर सम्बन्धका कारण नै एमबाप्पेको नाम पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । जिदानले आफ्ना फेवरेट एमबाप्पेलाई रियलमा ल्याउन कसरत गरिरहेको छ ।

‘मेरो पहिलो आइडल जिदान हो । उनले राष्ट्रका लागि थुप्रै उपलब्धि हासिल गरेका छन् । त्यसपछि रोनाल्डो मेरो आइडल हो । रोनाल्डोले क्लब फुटबलमा थुप्रै कीतिमान बनाएका छन्,’ एमाप्पेले डेली मेलसँगको कुराकानीमा भने, ‘उनले (रोनाल्डो) ले धेरै उपाधि जितेका छन् । यति धेरै सफलतापछि पनि उनी अझै सफलता थप्न प्रयास गरिरहेका छन् । उनीहरु दुवैले खेलको इतिहासमा आफ्नो छाप छोडे । म पनि उनीहरुले जस्तै आफ्नो खेलको छाप छोड्न चहान्छु ।’

कोरोना महामारीका कारण फ्रान्स सरकारले सेप्टेम्बरसम्म खेल गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग वान स्थगित भइसकेको छ । शीर्षस्थानमा रहेको पीएसजीलाई यो सिजनको विजेता घोषणा गरिसकेको छ ।

यद्दपि पीएसजीले यो सिजनको च्याम्पियन्स लिग खेल्नुपर्नेछ । खेल बन्द रंगशालामा हुनेछ । पीएसजीले बन्द रंगशालामा गत मार्चमा प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध २–० को जित तथा समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

एमबाप्पेले डर्टमुन्डविरुद्ध बन्द रंगशालामा खेलेको अनुभव सुनाउँदै समर्थक विना खेल्नु खेलाडीहरुका लागि अनौठो हुने र उनीहरु खेलको महत्वपुर्ण अंश रहेको बताएका छन् । अबको केही खेलहरुमा समर्थक छुट्ने बताउदै एमबाप्पेले यो समयमा आफुलाई सुरक्षित र स्वास्थ्य राख्ने समय रहेको बताएका छन् ।

भविष्यमा बालोन डिओर जित्ने सम्भावना रहेको एमबाप्पेले तत्काल यो विषयमा नसोचेको र टिमको सफलता नै महत्वपुर्ण रहेको बताउछन् । ‘बालोन डिओर जित्न राम्रो लाग्नेछ । तर, यो त्यस्तो कुरा होइन कि मेरो ध्यान बालोन डिओर जित्नमै केन्द्रित छ । मलाई लाग्छ कि मैले यसलाई अर्काे सिजनमा जित्नैपर्छ भन्ने समय तोकेको छैन ।’

२१ वर्षे एमबाप्पेले भने, ‘म जहिले पनि पीएसजी र राष्ट्रिय टोलीको प्रदर्शनलाई प्राथमिकतामा राख्दछु । मेरो प्रदर्शनबाट यदि व्यक्तिगत सम्मान आउँछ भने यो एक बोनस हो ।’

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.