5 years ago
May 27, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा बायर लिभरकुसानले वल्फ्सवर्गसँग हार बेहोेरेको छ । घरेलु मैदानमा लिभरकुसानले वल्फ्सवर्गसँग ४–१ को फराकिलो हार बेहोेरेको हो ।
मंगलबार राति भएको खेलमा वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए । घरेलु मैदानमा लिभरकुसानले पाहुना टोलीलाई दवावमा राखेपनि वल्फ्सवर्गले पाएको अवसरलाई सदुपयोग गर्दा फराकिलो जित निकाल्न सफल भयो ।
पहिलो हाफमा दुवै टोलीले पाएको केही मौकालाई खेल फालेको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीतर्फ धकेलिदा वल्फ्सवर्गका मारिनले ४३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो गोलसँगै हौसिएको वल्फ्सवर्गले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ६४औं मिनेटमा अर्नाेल्डले गोल गर्दै वल्फ्सवर्गको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि रेनाटो स्टेफेनले गोल गर्दै वल्फ्सवर्गलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
७५औं मिनेटमा मारिन पोनग्रासिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वल्फ्सवर्गलाई ४–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरकुसानका जुलियनले गोल गरेपनि ४–१ को हार टार्न सकेन ।
जितसँगै वल्फ्सवर्ग २८ खेलबाट ४२ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा पराजित लिभरकुसान ५३ अंकसहित पाँचौ स्थानमा यथावत रहेको छ । बुन्डेस लिगाका अन्य खेलमा फ्रान्कफर्ट र फ्रेइवर्गले ३–३ गोलको तथा वेर्डर ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडवाचले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]