5 years ago
May 26, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार जारी खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डको मैदानमा अग्रता लिएको छ । जोसुआ किमिचले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा बायर्न १-० ले अगाडी बढेको हो ।
खेलको सुरुवात समयमा नै डर्टमुन्डले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक म्यानुएल नोएर केहि अगाडी आएको अवस्थामा एर्लीङ हालान्डले गरेको फितलो प्रहारलाई डिफेन्डर जेरोम बोटेङले गोललाइनबाट सहजै बचाए । लगत्तै थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको १९ औं मिनेटमा बायर्नले अग्रता लिनबाट बन्चित भयो । सर्ज जिनाब्रीले किंग्सले कोमानको पासमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई डर्टमुन्डका कप्तान लुकास पिस्जेकले गोललाइनबाट क्लियर गरिदिए । २४ औं मिनेटमा कोमानको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमन बुर्कीले बचाएपनि रिबाउन्डमा मुलरले प्रहार गर्न सकेनन् ।
खेलको ३४ औं मिनेटमा हालान्डले उत्कृष्ट बल नियन्त्रण देखाउँदै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा रहेपनि तीव्र गतिमा पछाडीबाट आएका अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दा खेल गोलरहित बराबरीमा सिमित भयो । ४० औं मिनेटमा लिओन गोरेट्जकाले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए ।
खेलको ४३ औं मिनेटमा अन्तत: बायर्नले खेलमा अग्रता लियो । किमिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्था हेर्दै चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक बुर्कीले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोलमा परिणत भएको थियो ।
यस खेल जितेमा बायर्नले डर्टमुन्डसँग ७ अंकको अग्रता कायम गर्नेछ । घरेलु टोली भने उपाधि होडमा कायम रहन जित हासिल गर्नैपर्ने दबाबमा छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]