default_image

5 years ago

May 26, 2020

फिफाद्वारा हेइटीका अध्यक्ष ९० दिन निलम्बित

103 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले हेइटी फुटबल फेडेरेसन (एफएचएफ) का अध्यक्ष यवेश जिन बार्टलाई ९० दिनको निलम्बन सुनाएको छ । यौन दुर्व्यवहार आरोप लागेपछि फिफाले उनलाई ९० दिनको निलम्बन कारवाही गरेको हो ।

पछिल्लो रिपोर्ट अनुसार अध्यक्ष जिन बार्टले राष्ट्रिय प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहने महिला फुटबलरहरुलाई यौन दुर्व्यवहारको प्रयास गरेको र यो सुचनालाई बाहिर ल्याएमा ज्यान मार्ने धम्की दिएको समेत बाहिरिएको छ । जुन विषयमा अहिले अनुसन्धान भइरहेको छ । यो घट्ना गत अप्रिलमा बाहिरिएको थियो ।

बार्टले ५ वर्षअघि बाटै एफएचएफको ट्रेनिङ सेन्टर क्रोस डेस बुउकेट्समा महिला खेलाडीलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लागेको छ । तर, यो आरोपलाई अध्यक्ष बार्टले अस्वीकर गर्दै आइरहेका छन् ।  फिफाको आचार संहिताको धारा ८४ र ८५ बमोजिम उनलाई ९० दिनसम्म फुटबलको गतिविधिमा प्रतिबन्ध लगाएको फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो विषयमा थप अनुसन्धान भइरहेको फिफाले जनाएको छ ।

अध्यक्ष जिन बार्टविरुद्ध पीडित, उनका साथीहरु र परिवारका सदस्यहरुले राष्ट्रिय टोलीको विभिन्न कार्यक्रम र प्रतियोगिताहरुमा लगेर यौन सम्वन्धको लागि प्रयास गर्ने गरेको आरोप लगाएका छन् । तर, यो आरोपलाई बार्टले भने अस्वीकार गर्दै आइरहेका छन् । सोमबार यो विषयमा सुनुवाई भइरहँदा पीडित पक्ष सडकमा प्रदर्शनमा उनीविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।

७२ वर्षीय बार्ट २०१६ मा हेइटी फुटबल संघको अध्यक्षमा पुनः निर्वाचित भएका थिए । उनी त्यसअघि २०१२ मा हेइटी फुटबल संघका अध्यक्षमा निर्वाचित भएका थिए ।

March 24, 2025

एसियन कप छनोट – नेपाल मलेसियाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ। सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक […]

March 24, 2025

तिलोत्तमा गोल्डकप – संकटाको जितमा सिर्जन नायक

सुमन अधिकारी, बुटवल सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

Success

Thank you for your time.