5 years ago
May 26, 2020
एजेन्सी – स्वीडिस तथा इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले अभ्यास दौरान गम्भीर चोट बोकेका छन् । सोमबार प्रशिक्षण दौरान ज्लाटनले एकिलिसमा (कुर्कुच्चाको माथिल्लो भाग) चोट बोकेका हुन् ।
इब्राहिमोभिच गत जनवरीमा यसै समरसम्मको लागि अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए । तर, रिपोर्ट अनुसार ज्लाटनको यो चोटले उनको खेल करियर नै खतरामा पर्ने सम्भावना रहेको छ । मार्काका अनुसार म्यानचेस्टर युनाइटेडका पुर्व फरवार्ड इब्राको एकिलिस टेन्डन फुटेको र उनी लामो समय मैदान बाहिर हुन सक्ने दावी गरेको छ ।
मार्कालाई उल्लेख गर्दै स्पोर्ट्स मिडियाका पिट्रो बाल्जा प्रोटाले ट्वीटरमा लेखेका छन् ‘ज्लाटन इब्राहिमोभिचका लागि नराम्रो चोट, मेडिकल टेस्ट अपेक्षित छ तर, यो लामो विश्राम हुन सक्छ ।’
क्लबले भने मंगलबार हुने परिक्षणपछि धेरै कुरा बाहिर आउने बताएको छ । ‘हामी समस्याको मुख्य कुरा जान्नेछौ ।’ क्लबको विज्ञप्तिमा उल्लेख छ ।
ज्लाटनले जनवरी यता १० खेलमा ४ गोल गरिसकेका छन् । सिरी ‘ए’ सुचारु हुने अवस्था पाएपछि क्लबहरुले दुई साता अघिदेखि प्रशिक्षण थाल्दा ज्लाटनले पनि इटली फर्कदै क्वारेन्टिन अवधि पुरा गरेर टोलीको प्रशिक्षणमा जोडिएका थिए । १९ मे बाट समुहगत रुपमा प्रशिक्षण गर्न अनुमति पाइसकेका छन् ।
इटाली सरकारले बिहिबार सिरि ‘ए’ फुटबल सुरु हुने सम्भावित मिति घोषणा गर्नेछ । गएको मार्चदेखि स्थगित सिरी ‘ए’ १३ जुनबाट सुचारु हुन सक्ने आँकलन गरिएको छ । इटालियन फुटबल महासंघले २० अगष्टभित्र यो सिजनको सबै खेल सक्ने योजना राखेको छ । नयाँ सिजन सेप्टेम्बर १ बाट सुरु गर्ने तालिका तय गरेको छ ।
युभेन्ट्स ६३ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ । एसी मिलान ३६ अंक जोडेर सातौ स्थानमा छ । सिरी ‘ए’ मा १२ राउन्डको खेलहरु बाँकी छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ। सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक […]
March 24, 2025
सुमन अधिकारी, बुटवल सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]