5 years ago
May 26, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व स्टार ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई यो सिजन जसरी पनि क्लबमा फर्काउने तयारी गरिरहेको छ ।
यसका लागि क्लबले नेयमार अनुबन्धको लागि जुनसुकै मुल्य चुकाउन सक्नेछ । तर, पछिल्लो बिकसित घट्ना त्रमअनुसार बार्सिलोनाले नेयमारलाई तत्काल नल्याएर अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजलाई भित्र्याउने तयारी भइरहेको स्पेनिस पत्रिका मार्काले बताएको छ ।
मार्काका नेयमार बार्सिलोनाको रिजर्भ खेलाडीको सुचीमा रहेको र अहिलेका लागि आफ्नो ध्यान मुख्यगरि मार्टिनेजलाई अनुबन्ध गर्ने रहेको उल्लेख गरिएको छ । त्यसैले नेयमारलाई केहि समयपछिका लागि सुचीमा राखेको बताइएको छ ।
नेयमार २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पीएसजी पुगेको दोस्रो सिजनदेखि नै नेयमार पुनः स्पेन फर्कन चाहेका छन् । नेयमारले बार्सिलोना छोडेपछि रकमका विषयमा कानुनी उपचार गर्नेसमेत बताएका थिए ।
यसका साथै उनको मैदानमा देखाउने ब्यवहारले पनि उनको तत्काल नोउ क्याम्प फर्कने सम्भावना न्युन बनेको हो । तर, पनि बार्सिलोनाले पछिल्लोपटक नेयमार अनुबन्धको दुई खेलाडी र केहि रकम दिने पीएसजीलाई बताइसकेको छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]
March 25, 2025
एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ । वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे। फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो । चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट […]