5 years ago
May 24, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा साल्केले घरेलु मैद्यानमै अग्सवर्गसँग लज्जास्पद हार बेहोरेको छ । साल्केले अग्सवर्गसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।
भेल्टिन एरिनामा आइतबार साँझ भएको खेलमा घरेलु टोलीलाई लज्जास्पद हार चखाउन अग्सवर्गका इडुआर्ड लोवेन, नोअ जोएल सारेननेर वाजी र सर्जियो कोर्डाेभाले गोल गरे ।
कोरोना पछि साल्केको यो लगातार दोस्रो हार हो । साल्के यसअघि बोरुसिया डर्टमन्डसँग ४–० ले पराजित भएको थियो । अग्सवर्गको भने पहिलो जित हो । यसअघि अग्सवर्ग वल्फ्सवर्गसँग २–१ ले पराजित भएको थियो ।
खेलको छैटौं मिनेटमा नै लोवेनको गोलबाट पाहुना टोली खेलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको अग्सवर्गले दोस्रो हाफमा थप दुई गोल गर्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । ७६औं मिनेटमा नोअ जोएलले तथा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कोर्डाेभाले गोल गर्दै अग्सवर्गलाई ३–० को जित दिलाए ।
जितसँगै अग्सवर्ग २७ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित साल्के ३७ अंकसहित आठौं स्थानमा यथावत छ ।
बुन्डेस लिगामा बायर्न म्युनिख (६१) शीर्षस्थानमा तथा बोरुसिया डर्टमन्ड (५७) दोस्रो स्थानमा रहेका छन् ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]