5 years ago
May 24, 2020
एजेन्सी – जर्मन मिडफिल्डर मारियो गोट्जेले यस सिजनको अन्त्यपछि बोरुसिया डर्टमुन्ड छाड्ने पक्का भएको छ । क्लबका खेलकुद निर्देशक माइकल जोर्कले गोट्जे अर्को सिजन क्लबमा नरहने जानकारी दिएका हुन् ।
गोट्जेले केहि महिनाअघि नै आफ्नो भविष्य डर्टमुन्ड बाहिर देखिरहेको स्वीकारेका थिए । उनले आफ्नो करीअरलाई नयाँ गतिमा लाग्न यो निर्णय लिएको बुझिएको छ । क्लबका प्रमुख कार्यकरी अधिकृत हान्स-जोकिम वाट्जकेले उनलाई क्लबमा रहन अनुरोध गरेपनि गोट्जेले अन्य क्लबमा जाने निर्णय लिएका हुन् ।
प्रशिक्षक लुसियन फाभ्रले अघिल्लो साता मात्र गोट्जे आफ्नो खेल्ने शैलीमा फिट हुन नसकेको बताएका थिए । गोट्जे आफैंले पनि यसलाई महसुस गरेर क्लबमा नबस्ने निर्णय लिएको बुझिएको छ । क्लबले गोट्जेलाई सिजनको अन्त्यमा बिदा गर्ने जोर्कले बताए ।
‘हामी सिजनको अन्त्यमा गोट्जेलाई बिदा गर्नेछौं । यो दुवै पक्षमा भएको सहमतिपछि लिइएको निर्णय हो । मारियो एकदम राम्रा खेलाडी हुन् र उतिकै राम्रो व्यक्ति पनि,’ जोर्कले भने ।
गोट्जे सन् २०१६ मा बोरुसिया डर्टमुन्ड फर्केका थिए । त्यसको तीन वर्षअघि उनी डर्टमुन्डबाट नै बायर्न म्युनिख प्रस्थान गरेका थिए । गोट्जेले सन् २०१४ मा जर्मनीका लागि विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका थिए ।
पछिल्लो केहि समय भने उनलाई शारीरिक रुपमा केहि कठिनाई भएको छ । शरीरमा मेटाबोलिक अवस्था कमजोर भएपछि उनले केहि समय फुटबलबाट विश्राम लिनुपरेको थियो । त्यसबाट फर्केपछि उनको खेल्ने लयमा केहि ह्रास आएको छ ।
गोट्जेलाई अनुबन्ध गर्न जर्मन क्लब हर्था बर्लिनले प्रस्ताव अघि सारिसकेको छ । इटालियन क्लब एसी मिलान, रोमा र लाजियोले पनि उनीमाथि नजर लगाएका छन् । तर गोट्जेले जर्मनीमा नै रहेर फुटबल करीअर अगाडी बढाउने सम्भावना रहेको छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]