default_image

5 years ago

May 24, 2020

ला लिगा सुचारु गर्न स्पेन सरकारको अनुमति

130 views

0 Bookmark

एजेन्सी – स्पेन सरकारले जुन महिनाको दोस्रो सातादेखि खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ बाट ला लिगा सुचारु गर्न सकिने जानकारी दिएका हुन् । 

‘सबैका लागि नयाँ क्षितिज खुलिरहेको छ । धेरै प्रकारका गतिविधिहरू फिर्ता ल्याउने समय आएको छ । जुन ८ बाट ला लिगा सुचारु हुन्छ । शीर्ष डिभिजनका साथै दोस्रो डिभिजनको लिग पनि सोहि मितीमा सुचारु गर्न सकिन्छ,’ प्रधानमन्त्री सान्चेजले भने ।

स्पेनी ला लिगाका अध्यक्ष जेभियर टेवासले सरकारको यस निर्णयबाट अत्यन्तै खुसी रहेको र यो क्लब, खेलाडी, प्रशिक्षक, स्पेनिस स्पोर्ट्स काउन्सिल (सिएसडी) र एजेन्टहरुको कडा परिश्रमको नतिजा रहेको बताएका छन् । ला लिगा आयोजकले स्थगित ला लिगा जुन १२ ताखिरबाट सुचारु गर्ने बताइरहँदा सरकारले नै त्यो भन्दा अगाडिको मितिबाट सुचारु गर्न अनुमति दिएपछि झन सहज भएको छ ।

ला लिगाको २७ मेमा बस्ने बैठकले स्थगित सिजनको नयाँ मिति र आगमी सिजनको खेल तालिका निर्धारण गर्न सक्नेछ । यसअघि १२ जुनमा सेभिया र रियल बेटिसबीचको डर्वी खेलबाट ला लिगा सुचारु हुने सुचना बाहिरिएको थियो । कोरोनाका कारण दुई महिना स्थगित भएको ला लिगा सुचारुका लागि आयोजकले प्रोटोकल बनाइरहेका छन् ।

जस अन्तर्गत रहेर क्लवहरुले सामाजिक दुरी कायम गरेर १० जनाको समुहमा प्रशिक्षण गरिरहेका छन् । यो महिनाको सुरुवातमा ला लिगाका १० भन्दा बढि क्लबले प्रशिक्षण शुरु गरिसकेका छन् । गत मार्च १२ तारिखबाट स्थगित भएको ला लिगाका केहि खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो । प्रशिक्षण सुरु हुनु भन्दा अगाडी सबै खेलाडीको परिक्षण गरिएको थियो ।

यस सिजन ला लिगामा बार्सिलोना शीर्षस्थानमा रहेको छ । लिगमा ११ खेल बाँकी रहदा बार्सिलोना रियल म्याड्रिड भन्दा २ अंकले अघि छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । मलोर्का, लेगानेस र एस्पान्योल रेलिगेसन जोनमा छन् ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.