default_image

5 years ago

May 24, 2020

फ्रान्कफर्टमाथि बायर्नको फराकिलो जित

114 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको हो । 

एलियन्ज एरिनाको शनिबार राति भएको खेलमा बायर्नको जितमा लियोन गोरेट्जका, थोमस मुलर, रोवर्ट लेवान्डोस्की र अलफन्सो डाभिसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मार्टिन हिन्टटेरिगरले आत्मघाती गोल गरेका थिए । फ्रान्कफर्टका लागि दुवै गोल मार्टिन हिन्टटेरिगरले नै गरेका थिए ।

घरेलु मैदानमा बायर्नले खेलको १७औं मिनेटमा थोमस मुलरको पासमा लियोन गोरेट्जकाको गोलबाट अग्रता बनाएको थियो । ४१औं मिनेटमा अलफन्सोको पासमा थोमस मुलरले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको शुरुमै स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले किङ्सले कोमानको पासमा गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बनेको थियो । तर, चार मिनेटको अन्तरमा मार्टिन हिन्टटेरिगरले दुई गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो ।

५२औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले सेवास्टिन रोडको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए । ५५औं मिनेटमा सेवास्टिनकै पासमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरेपछि फान्कफर्टलाई खेलमा फर्काएका थिए । तर, ६१औं मिनेटमा अलफन्सोले गोल गरेपछि बायर्नले खेलमा ४–२ को अग्रता बढाउन सफल भयो ।

दुई गोल गरेर खेलमा नायक सावित भएका मार्टिनले ७४औं मिनेटमा खलनायक सावित भए । उनले आफ्नै पोस्टमा गोल गर्न पुग्दा बायर्नले खेलमा ५–२ को अग्रता लिदा फ्रान्कफर्टको खेलमा फर्कने सम्भावना सकिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

जितसँगै बायर्नले शीर्षस्थानमा पुनः ४ अंकको अग्रता कायम गर्दै उपाधि यात्रालाई थप बलियो बनाएको छ । बायर्नको २७ खेलबाट ६१ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५७ अंक रहेको छ । डर्टमन्डले वल्फस्वर्गमाथि २–० को जित निकाल्दै शीर्षस्थानको बायर्नलाई दवाव बढाइरहेको छ । पराजित फ्रान्कफर्ट २६ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अन्य नतिजा

बोरुसिया मोन्चेनग्लाडवाचविरुद्ध बायर लिभरकुसेन (१–)

फ्रेइवर्गविरुद्ध वेर्डर ब्रेमेन (०–)

पाडेरवर्नविरुद्ध होफेनहाइन (१–१)

वल्फस्वर्गविरुद्ध बोरुसिया डर्टमन्ड (०–)

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.