default_image

5 years ago

May 23, 2020

डर्टमुन्ड र लेभरकुसन विजयी

128 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको २७ औं चरणको खेलमा उपाधि होडमा रहेका बोरुसिया डर्टमुन्ड र बायर लेभरकुसनले जित दर्ता गरेका छन् ।

डर्टमुन्डले वल्फस्बर्गको मैदानमा २-० को जित दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । पहिलो हाफको ३२ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले थोर्गन हाजार्डको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको ७८ औं मिनेटमा अक्रफ हाकिमीले डर्टमुन्डको अग्रता दोब्बर पारे । उनले जेडन सान्चोको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको दुई मिनेटमा नै घरेलु टोली वल्फ्सबर्ग १० खेलाडीमा समेटियो । म्यानुएल आकान्जीमाथि ट्याकललाई भीएआरमार्फत निर्णय लिँदै रेफ्रीले फेलिक्स क्लाउसलाई रातो कार्ड देखाएका थिए ।

यस जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको दुरी १ अंकमा झारेको छ । डर्टमुन्डको २७ खेलमा ५७ अंक छ । वल्फ्सबर्ग भने २७ खेलमा ३९ अंकसहित छैटौं स्थानमा छ । बायर्नले आज नै हुने खेलमा फ्रान्कफर्टको सामना गर्दैछ ।

दिनकै अर्को खेलमा काइ हाभर्टजको दुई गोलसँगै बायर लेभरकुसनले बोरुसिया मोन्चेनग्लाडबाकमाथि ३-१ को जित दर्ता गर्यो । खेलको सातौं मिनेटमा करीम बेलाराबीको पासमा हाभार्टजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ५२ औं मिनेटमा एलेसन प्लेयाको पासमा मार्कस थुरामले गोल गर्दै ग्लाडबाकलाई खेलमा फर्काए ।

खेलको ५७ औं मिनेटमा बायरले खेलमा अग्रता लिने अवसर पायो । निको एलेभेदीले बेलाराबीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । हाभार्टजले उक्त अवसरको सदुपयोग गर्दै टोलीलाई अगाडी बढाए । ८१ औं मिनेटमा स्वेन बेन्डरले गोल गर्दै लेभरकुसनको जित पक्का गरे । उनले केरेम डेमिरबायको फ्रिकिकमा हेडरमार्फत गोल गरे । यस जितसँगै लेभरकुसेन २७ खेलमा ५३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । २७ खेलमा ५२ अंक जोडेको ग्लाडबाक भने चौथो स्थानमा झरेको छ ।

लिगको अन्य खेलमा वेर्डर ब्रेमेनले फ्राइबर्गको मैदानमा १० को जित दर्ता गर्यो । रेलिगेसन क्षेत्रमा रहेको ब्रेमेनका लागि १९ औं मिनेटमा लिओनार्डो बितेनकोर्टले गरेको गोल निर्णायक सावित भयो । उनले डाभी क्लासेनको पासमा गोल गरेका थिए । खेलको ८९ औं मिनेटमा फ्राइबर्गका म्यानुएल गुडेले गोल फर्काएपनि भीएआरमा गोल हुनुअघि नै फल भएकाले गोलले मान्यता पाएन । ब्रेमेन २६ खेलमा २१ अंकका साथ १७ औं स्थानमा छ । फ्राइबर्ग भने २७ खेलमा ३७ अंकसहित सातौं स्थानमा छ ।

पाडरबर्न र होफेनहाइमको खेल भने १-१ को बराबरीमा टुंगियो । पाहुना टोलि होफेनहाइमले रोबर्ट स्कोभको गोलमा चौथो मिनेटमा अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै डेनिस सर्बेनीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । पाडरबर्न २७ खेलमा १८ अंक जोड्दै पुछारमा रहँदा होफेनहाइम २७ खेलमा ३६ अंकसहित नवौं स्थानमा छ ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.