5 years ago
May 23, 2020
एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच उच्च सतर्कता अपनाएर गत सातादेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आज (शनिबार) पाँच खेल हुँदैछ ।
दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले वल्फस्बर्गको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । अवे मैदानमा वल्फस्बर्गलाई पराजित गर्दै डर्टमन्ड उपाधि होडमा कायमै रहन चाहन्छ । विश्व फुटबलमा सबैको ध्यान खिच्न सफल नर्वेजियन युवा फरवार्ड अर्लिङ ब्राउट हालान्ड र इंग्लिस जाडोन सान्चो टोलीका लागि मुख्य हतियार हुनेछन् ।
गत जनवरीमा अष्ट्रियन क्लब साल्जवर्गबाट डर्टमन्ड आएयता हालान्डले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । हालान्डले त्यसयता १२ खेलमा १३ गोल गरिसकेका छन् । त्यसैले वल्फस्बर्गविरुद्ध पनि हालान्डमा नजर रहनेछ । यता, वल्फस्बर्ग घरेलु मैदानमा हुने खेलमा डर्टमन्डलाई पराजित गर्ने दाउमा हुनेछ ।
यसअघिको खेलमा डर्टमन्डले साल्केमाथि ४–० को सानदार जित निकाल्दा वल्फस्बर्गले अग्सबर्गलाई २–१ ले पराजित गरेको थियो । वल्फस्बर्गलाई पराजित गर्न सके डर्टमन्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी छोट्याउने छ । डर्टमन्ड २६ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा तथा वल्फस्बर्ग ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आज राति नै शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमा फ्रान्कफर्टलाई आतिथ्यता गर्दैछ । खेल राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा जित निकाल्दै बायर्न उपाधि होड थप बलियो बनाउन चाहन्छ । बराबरी वा हारले पनि बायर्न शीर्षस्थानमा नै रहनेछ ।
जित निकाल्न सकेको अवस्थामा बायर्नले कम्तिमा ४ अंकको अग्रता बनाउनेछ । बायर्नले २६ खेलमा ५८ अंक जोडेको छ । २८ अंक जोडेको फ्रान्कफर्ट १३ औं स्थानमा रहेको छ ।
अन्य खेल :
बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध बायर लिभरकुसेन
फ्राइबर्ग विरुद्ध वेर्डर ब्रेमेन
पाडेरबर्न विरुद्ध होफेनहाइम
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]