5 years ago
May 23, 2020
एजेन्सी – सुपर स्टार लियोन मेस्सीले बार्सिलोनामा १८ वर्ष बताइसकेका छन् । उनले आफ्नो खेल जीवनमा भर सोही क्लबको जर्सी लगाने अपेक्षा गरिएको छ ।
तर एकपटक भने उनले बार्सिलोना छाड्ने मनसाय बनाएको यसअघि नै स्विकार गरेका छन् । सन् २०१७ मा उनले क्लब छाड्न चाहेको बताएका थिए । ३२ वर्षे अर्जेन्टिनले स्पेनिस सरकारले उनलाई कर छलीको आरोप लगाएपछि उनले क्लब विकल्पको बारेमा सोचेको बताए ।
सन् २००७ देखि २००९ को बीचमा ४.१ मिलियन युरो कर छलि गरेको आरोप मेस्सी र उनका बाबुलाई लागेको थियो । जसका कारण मेस्सीलाई २१ महिनाको जेल तोकिएको थियो । पछि उनको जरिवाना २ सय ५२ हरा युरोमा घटाइएको थियो । मेस्सीले स्पेनले अपमान गरेकोले देश छाड्न चाहेको बताएका थिए ।
‘मैले त्यति बेला बार्सिलोना होइन स्पेन छाड्न चाहेको थिए । मलाई लाग्यो कि म माथि अपमान भएको थियो । त्यसले मलाई बस्न मन थिएन’, उनले भने, ‘मलाई औपचारिक रुपमा कतै बाट प्रस्ताव आएको थिएन । सबैलाई थाहा थियो म यहि रहन चाहन्थे ।’
कर छलिका विषयमा उनले आफ्नो अन्तवार्ताका क्रममा भनेका थिए, ‘त्यो समय मलाई र मेरो परिवारका लागि कठिन समय थियो । मान्छेलाई के भइरहेको थियो भन्ने पनि थाहा थिएन । बच्चाहरु सानै भएका कारण त्यो विषयले धेरै फरक परेन ।’
अहिले सबै वातावरण बदलिएको छ । उनी खेल जीवनको अन्तिम सम्म बार्सिलोनमै रहनेछन् । ‘अब हामी यहि रहन्छौं । यो क्लब मेरो लागि परिवार जस्तै हो’, उनले भने, ‘हामीलाई यो सहरको आदत छ । बच्चाहरु पनि रमाइरहेका छन् । म सिमित साथीहरुको बीचमा रमाउँछु ।’
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]