5 years ago
May 23, 2020
एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा हाल रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इटालियन प्रशिक्षक कार्लो एन्चेलोटिलाई फुटबलको सिद्धान्त बदल्न बाध्य बनाएको बताएका छन् ।
एन्चेलोटिले युभेन्टसको प्रशिक्षक रहँदा जिदानको आगमनसँगै खेल्ने शैली नै बदल्नुपरेको बताएका हुन् । उनले जिदानलाई लक्षित गरेर आफ्नो खेल्ने शैली बनाउँदा युभेन्टसले सफलता हासिल गर्ने देखेपछि आफ्नो सिद्धान्त नै बदल्नुपरेको अभिव्यक्ति दिए । स्काईस्पोर्ट्ससँग अन्तर्वार्ता दिने क्रममा उनले जिदानको आगमनपछिको अनुभव यसरी सुनाए ।
‘जब जिदान युभेन्टस आए, मैले अफ्न फुटबल खेलाउने शैली परिवर्तन गर्नेबारे सोचें । उनी नै पहिलो खेलाडी हुन् जसले मलाई आफ्नो शैली परिवर्तन गरेर फुटबल खेल्न सकिन्छ भन्ने विकल्प दिए ।’
‘जिदानसँग पहिलो सिजनहामीले ३-४-१-२ फर्मेसनमा खेलेका थियौं । अग्रपंक्तिमा एलेसान्ड्रो डेल पिएरो र फिलिपो इन्जाघी खेल्थे । ठिक पछाडी जिदान रहेका थिए ।’
‘दोस्रो वर्ष मैले ४ जना डिफेन्डर खेलाएँ । तर अग्रपंक्तिमा दुई फरवार्ड र जिदानलाई नम्बर १० को भूमिकामा नै खटाएँ ।’
‘जिदान आउनुअघि म सधैं ४-४-२ फर्मेसनमा नै खेलाउँथें । तर जिदान आएपछि उनीबाट सकेसम्म राम्रो प्रदर्शन निकाल्न उनलाई सहज अवस्था दिनु थियो । मैले उनलाई फरवार्ड पछाडी पोजिसन दिन आफ्नो शैली बदलें ।’
हाल एभर्टनमा प्रशिक्षक रहेका एन्चेलोटिले सन् २०१३/१४ सिजनमा रियल म्याड्रिडमा रहंदा च्याम्पियन्स लिग उपाधि जितेका थिए । त्यसबेला जिदान सहायक प्रशिक्षकको रुपमा एन्चेलोटिसंग काम गर्दथे । उनले जिदानसँग काम गर्दाको अनुभव पनि साटे ।
‘म रियल पुग्नुअघि टोली केहि वर्षदेखि नै समस्यामा थियो । च्याम्पियन्स लिग उपाधिको लत लागेको रियलले १२ वर्षसम्म उपाधि जित्न सकेको थिएन ।’
‘मैले जिदानलाई भनेको थिएँ की हामीले क्रिस्टियानो रोनाल्डोको वरपर रहेर टोली बनाउने होइन, उनलाई सहज रुपमा खेल्न सक्ने स्थान बनाउने हो । उनले जहाँ सहज महसुस गर्छन् त्यहीं खेलाएर उत्कृष्ट प्रदर्शन निकाल्ने हो ।’
‘ मलाई लाग्दैन केहि खेलाडीले रक्षात्मक रुपमा पनि उत्तिकै मिहिनेत गर्नुपर्छ । केहि खेलाडी आक्रमणमा एकदम सक्रिय हुन्छन् भने केहि डिफेन्समा उत्तिकै लागि परेका हुन्छन् ।’
‘ पक्कैपनि सबैले एकतावद्ध रुपमा फुटबल खेल्नुपर्छ । टिमवर्क नै फुटबलको महत्त्वपूर्ण पाटो हो । तर यदि कसैले रोनाल्डो जस्तो आक्रमणमा रहेर हरेक खेलमा गोल गर्न सक्छ भने उसलाई रक्षात्मक रुपमा पनि खटाउनु ठिक हुँदैन ।’
‘विश्व स्तरीय खेलाडी जो खेलमा तल्लिन हुन्छ, उसलाई प्रशिक्षण दिन र उसको प्रशिक्षक बन्न सहज हुन्छ । उनीहरु खेलमा एकदम लगाव राख्छन्, व्यक्तित्व पनि त्यहि अनुसार हुन्छ र आत्मविश्वासले भरिपूर्ण हुन्छन् ।’
‘ सर्जियो रामोस पनि स्तरीय खेलाडी हुन् । उनी रणनीतिक र प्राविधिक पक्षमा पूर्ण रुपमा पोख्त नभएपनि उनको व्यक्तित्व र शैलीले निकै प्रभाव पार्छ । उनले आफ्नो वरपर रहेका खेलाडीको मनोबल बढाउन र टिमलाई एक सुत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’
‘ म रियलमा हुँदा रामोसको यो भूमिका निकै प्रभावशाली थियो । उनी खेलको समयमा सधैं चुस्त रहन्थे र महत्त्वपूर्ण समयमा आफ्नो प्रभाव छाड्न सक्थे ।’
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]