default_image

5 years ago

May 23, 2020

गोलरक्षक स्टेगेनले बार्सिलोनामा सम्झौता लम्ब्याउने

379 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाईका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि थप तीन वर्ष बार्सिलोनासँग सम्झौता नवीकरण गर्न सहमत भएको बुझिएको छ । 

बार्सिलोनामा स्टेगनको सम्झौता २०२२ सम्म रहेको थियो । नयाँ सम्झौता भएको खण्डमा स्टेगन २०२५ सम्म बार्सिलोनामा रहनेछन् । नयाँ सम्झौता अनुसार उनको पारिश्रमिक पनि वृद्धि हुनेछ ।

पछिल्लो समय बार्सिलोना र स्टेगनबीच सम्बन्ध चिसिएपछि क्लबले स्टेगनलाई बेच्ने तयारी समेत थियो । स्टेगन जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएका थिए । बायर्नले उनलाई अनुबन्ध गर्न ९० मिलियन पाउण्ड खर्चन तयारी गरेको थियो । तर, बायर्नले बिहीबार मात्रै आफ्नो पहिलो रोजाईका गोलरक्षक म्यानुयल नोएरसँग सम्झौता नवीकरण गरेपछि स्टेगनको बायर्न जाने सम्भावना सकिएको हो ।

२८ वर्षे स्टेगेन २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट ६३ मिलियन पाउन्डमा बार्सिलोना आएका थिए । त्यतिबेला भिक्टर भाल्डेज र जोसे म्याुनयल पिन्टोले क्लब छाडेपछि स्टेगन बार्सिलोनाको पहिलो रोजाईका गोलरक्षक रहँदै आएका छन् । जर्मनी राष्ट्रिय टोलीका सदस्यसमेत रहेका स्टेगनले बार्सिलोनाका लागि २२४ खेल खेलिसकेका छन् ।

उनले बार्सिलोनाबाट समान चार पटक ला लिगा र कोपा डेल रे, दुईपटक स्पेनिस सुपर कोपा र समान एकपटक युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

March 23, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

Success

Thank you for your time.