5 years ago
May 23, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगाको बर्लिन ‘डर्वी’ मा हर्था बर्लिनले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनले युनियन बर्लिनमाथि ४–० को सानदार जित निकालेको हो ।
बर्लिनमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयाटाले गोल गरे । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । युनियन बर्लिनले घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।
खेलको ५१औं मिनेटमा मार्भिन प्लाटेनहार्डको पासमा भिडाडले गोल गरेपछि हर्था बर्लिनले खेलमा अग्रता बनाएको थियो । लगत्तै ५२औं मिनेटमा डुडीले गोल गर्दै हर्थालाई २–० को अग्रता दिलाए । ६१औं मिनेटमा म्याथ्युजले गोल गर्दै हर्था बर्लिनलाई सहज जिततर्फ डोर्याए । उनले भिडाडको पासमा गोल गर्न सफल भएका थिए ।
७७औं मिनेटमा डेडरेकले गोल गर्दै हर्था बर्लिनलाई ४–० को सानदार जित दिलाए । घरेलु टोलीमाथि युनियन बर्लिनको गोलको केही प्रयास गरेपनि विफल बन्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।
जितसँगै हर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लदा पराजित हर्था बर्लिन समान खेलबाटै ३० अंक जोडेर १२औं स्थानमा रहेको छ । बायर्न ५८ अंक जोडेर शीर्षस्थानमा तथा डर्टमन्ड ५४ अंक जोडेर बायर्नलाई पछ्याइरहेको छ ।
बुन्डेस लिगामा आज विभिन्न ५ खेल हुदैछ । बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेइवर्ग र वेर्डर ब्रेमेन, पाडेरवर्न र होफेनहाइन, वल्फवर्ग र बोरुसिया डर्टमन्ड तथा बायर्न म्युनिख र फ्रन्कफर्टबीच प्रतिस्पर्धा हुदैछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]