5 years ago
May 22, 2020
एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय टोली तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज अर्जेन्टिनाका दिग्गज फरवार्ड ग्याब्रिएल बाटिस्टुटा भन्दा बढी क्षमतावान रहेको अर्जेन्टिनी यू२० टोलीका प्रशिक्षक फर्नान्डो बाटिस्टाले बताएका छन् ।
सन् १९९० को दशकमा विश्व फुटबलमा नै चर्चा कमाउन सफल फरवार्ड बाटिस्टुटाले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । २२ वर्षीय लौटारोले पनि झट्ट हेर्दा बाटिस्टुटाकै झल्को दिने गरेको प्रशिक्षक फर्नान्डोले बताए । उनको अनुसार लौटारो तुलनात्मक रुपमा बाटिस्टुटा भन्दा पनि उत्कृष्ट हुने क्षमता राख्छन् ।
‘लौटारो झट्ट हेर्दा बाटिस्टुटा जस्तै खेल्ने गर्छन् । बलमा हुँदाको शैली, कुद्ने गति, हेडर गर्ने क्षमता र शारीरिक शक्ति सबै समान छन् । तर प्राविधिक रुपमा लौटारो बाटिस्टुटा भन्दा पनि राम्रो देखिन्छन् । उनी बल साथमा हुँदा पनि बढी बलिया छन् ।‘
लौटारो पछिल्लो समय क्याटलान क्लब बार्सिलोनामा जाने चर्चा चलिरहेको छ । प्रशिक्षक फर्नान्डोका अनुसार लौटारोलाई स्पेनिस लिगमा खेल्न कुनै कठिनाइ हुने छैन । सामान्यतया स्पेनिस लिगमा डिफेन्डरले इटालीको तुलनमा कम मार्क गरेर खेल्छन् । तर फर्नान्डोका अनुसार यसले लौटारोलाई फरक पर्दैन ।
‘उनलाई इटालीमा भन्दा स्पेनमा खेल्न सहज हुन्छ । इटालीमा डिफेन्सले धेरै खेल्ने ठाउँ दिदैनन्, निकै रक्षात्मक रणनीतिमा खेल हुन्छ । स्पेनमा भने इटालीको तुलनमा बढी समय पाइन्छ,’ उनले भने ।
‘रोनाल्डोले इटालीको तुलनामा स्पेनमा बढी गोल गरेको कारण पनि त्यहि हो । इटालीमा रक्षात्मक रुपमा रणनीति बलियो हुन्छ र आक्रमणमा खेलाडीलाई खेल्न कठिन हुन्छ । लौटारो स्पेनमा आएर बार्सिलोना र रियल म्याड्रिडजस्ता टोलीमा सेट हुन समय लाग्दैन,’ फर्नान्डोले थपे ।
लौटारोले जारि सिजन ३२ खेल खेल्दै १६ गोल र ४ असिस्ट प्रदान गरेका छन् । इटालियन लिग सुचारु हुने नहुने दुविधामा रहँदा क्लबले सानो समूहमा प्रशिक्षण भने सुरु गरिसकेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]