default_image

5 years ago

May 22, 2020

आफूलाई टोकेकोमा किएलिनी गरे सुआरेजको प्रशंसा

145 views

0 Bookmark

एजेन्सी – इटालियन राष्ट्रिय फुटबल टोलीका डिफेन्डर जिओर्जियो किएलिनीले फिफा विशवक २०१४ दौरान उरुग्वेका फरवार्ड लुइस सुआरेजले आफूलाई टोकेकोमा प्रशंसा गरेका छन् ।

सुआरेजले खेलका दौरान नै किएलिनीलाई टोकेपनि रेफ्रीले नदेखेका कारण कार्ड पाएका थिएनन् । त्यसपछि भने सुआरेज चार महिना प्रतिबन्धसहित ९ अन्तर्राष्ट्रिय खेलमा निलम्बन भएका थिए । उक्त घटनामा सुआरेजले टोकेका डिफेन्डर किएलिनीले भने सुआरेजको उक्त व्यवहारको प्रशंसा गरेका छन् ।

‘फुटबलमा कोहि आक्रामक हुनु स्वभाविक हो, तर त्यसो गर्नुपर्छ भन्ने होइन । आफ्नो विपक्षीलाई पछि पार्न दिमाग लगाउनुपर्छ । सुआरेजले त्यसबेला हामीलाई उत्तेजित पार्न त्यसो गरे,’ युभेन्टसका कप्तान समेत रहेका किएलिनीले आत्मकथामा लेखेका छन्, ‘त्यसो हर्कत नगरे उनी र अन्य फरवार्डमा केहि भिन्नता हुँदैन ।’

उक्त घटना भएको समय खेल गोलरहित बराबरीमा चलेको थियो । तर खेलको अन्तिम समयमा गोल गर्दै उरुग्वेले १-० को जित दर्ता गर्यो । त्यसै जितले उरुग्वेले इटालीभन्दा माथि रहेर अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

किएलिनीले उक्त हार र चोटका बाबजुद पनि सुआरेजजस्ता फरवार्डविरुद्ध खेल्न मनपर्ने बताए । ‘ मैले उक्त खेलमा अधिकांश समय काभानीलाई मार्क गरेको थिएँ । काभानी पनि उत्कृष्ट मध्यका फरवार्ड हुन् जसलाई मार्क गर्न कठिन हुन्छ,’ उनले थपे ।

‘एकछिनमा मैले आफ्नो पाखुरामाथि टोकेको थाहा पाएँ । डिफेन्ड गर्ने क्रममा हातले ठेलेको जस्तो लाग्थ्यो एक्कासी त्यस्तो भयो, सायद उनले त्यहि सोचेर गरेका थिए । म र उन्म उस्तै स्वभाव छ होला, म पनि त्यस्ता फरवार्डको सामना गर्न मन पराउँछु ।’

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.