default_image

5 years ago

May 22, 2020

‘हाजार्डले रियलमा ब्यालोन डी’ओर जित्नेछन्’

113 views

0 Bookmark

एजेन्सी – बेल्जियन राष्ट्रिय फुटबल टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्डले स्पेनिस क्लबमा रहेर ब्यालोन डी’ओर जित्न सक्ने बेल्जियम राष्ट्रिय टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

यसै सिजन रियल म्याड्रिड आएका हाजार्डले चोटका कारण अपेक्षित सुरुवात गर्न सकेका छैनन् । तर मार्टिनेजका अनुसार २९ वर्षीय फरवार्डले रियलमा सफलता हासिल गर्ने बताउँछन् । सुरुवात राम्रो हुन नसकेपनि हाजार्डले आउने दिनमा लाय समात्दै प्रभाव जमाउने उनको बुझाइ छ ।

‘हाजार्ड सफल हुनेछन् । कहिलेकाहिं नयाँ क्लबमा गएपछि आफ्नो प्रदर्शन देखाउन कठिन हुन सक्छ । रियल म्याड्रिडजस्तो क्लबबारे बुझ्न नै पनि केहि समस्या हुनसक्छ,’ उनले भने, ‘ समर्थकहरु ढुक्क भए हुन्छ, हाजार्डले नयाँ अध्याय लेख्नेछन् । उनीजस्तो अरु खेलाडी छैन । उनले रियलमा ब्यालोन डी’ओरे जित्ने क्षमता राख्दछन् ।’

मार्टिनेजका अनुसार लकडाउनको समयमा हाजार्डले चोटमुक्त हुन पनि उचित समय पाएका छन् । ‘ हाजार्ड एकदम खुसी र सन्तुष्ट छन् । उनले जुन निर्णय लिए, त्यो सहि थियो,’ उनले भने, ‘चोटका कारण सुरुवात कमजोर भएपनि अब उनी फर्केका छन् । अब सिजनको अन्त्य उनले उत्कृष्ट गर्नेछन् ।’

मार्टिनेजले बुधबार मात्र सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपसम्मका लागि बेल्जियमको राष्ट्रिय टोलीसँग सम्झौता नविकरण गरेका छन् । सन् २०१६ मा बेल्जियम राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका मार्टिनेजले विश्वकपमा ऐतिहासिक नतिजासम्म डोर्याएका थिए ।

मार्टिनेजको नेतृत्वमा बेल्जियमले विश्वकपमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको थियो । यो नै बेल्जियमको विश्वकप फुटबलमा सर्वोत्कृष्ट नतिजा हो । बेल्जियम सेमिफाइनलमा उपाधि विजेता फ्रान्ससँग पराजित हुन पुगेको थियो । तेस्रो स्थानको खेलमा भने बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

हालको बेल्जियम टोलीलाई देशको फुटबल इतिहासकै स्वर्ण युग मानिन्छ । यसअघि मार्टिनेजको सम्झौता २०२० को युरोसम्म मात्र जारी रहने थियो । उनको निरन्तर राम्रो प्रदर्शनले टोली हाल विश्व वरीयतामा पनि शीर्ष स्थानमा रहेको छ ।

बेल्जियमले विश्वकप छनोटमा खेलेका सबै १० खेल जित्दै +३७ गोलको फराकिलो गोलअन्तर पनि दर्ता गरेको थियो । बेल्जियमलाई अर्को वर्ष हुने युरोको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.