5 years ago
May 22, 2020
एजेन्सी – स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ ।
ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्काे सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । सेभियाका खेलकुद निर्देशक मोन्चीले स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको र सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने बताएका छन् ।
स्पेनिस क्लबहरुले गएको सोमबारदेखि कम्तीमा १० जनाको समूह बनाएर नन कन्ट्याक्ट प्रशिक्षण शुरु गरिसकेको छ । ला लिगाका अध्यक्ष जेभियर टेवासले ला लिगाका बाँकी रहेका खेलहरु सकाउने र हरेक दिन खेल गराउने योजना अघि सारेको थियो ।
ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगा पुनः सुचारु गर्नको लागि ला लिगाले स्पेनको शीर्ष दुई डिभिजनको खेलाडीको कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
जर्मन बुन्डेस लिगा गत सातादेखि बन्द रंगशालामा शुरु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ ले जर्मन बुन्डेस लिगालाई पछ्याउदै फुटबल सुचारु गर्ने योजना बनाइरहेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]