default_image

5 years ago

May 21, 2020

डर्टमुन्डलाई उकास्दै हालान्ड

120 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले डिसेम्बर २९ को दिन युवा फरवार्ड एर्लीङ ब्राउट हालान्ड क्लबसँग अनुबन्धित भएको घोषणा गर्यो । त्यसै दिनदेखि डर्टमुन्डको सिजनले नयाँ मोड लियो ।

१९ वर्षीय फरवार्डको आगमनसँगै डर्टमुन्डले आफूलाई जर्मन बुन्डेसलिगाको उपाधि दाबेदारको रुपमा उभ्याउन सफल भएको छ । बायर्न म्युनिख अंक तालिकाको शीर्षस्थानमा ४ अंकले अगाडी भएपनि अर्को साता यी दुई टोली आमनेसामने हुँदैछन् । यस्तो अवस्थामा डर्टमुन्डसँग लिगको अग्रस्थानमा उक्लने अवसर छ ।

हालान्डले जर्मनी आएदेखि ९ लिग खेलमा १० गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनविरुद्ध दुई गोल गरेपनि टोलीले क्वाटरफाइनलमा स्थान बनाउन भने सकेन । यसका बाबजुद हालान्डले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १० पुर्याए । उनले त्यसअघि अष्ट्रियाको साल्ज्बर्गका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २२ खेलमा २८ गोल गर्दै जर्मनीको यात्रा पक्का गरेका थिए ।

हालान्ड आउनुअघि डर्टमुन्ड अंक तालिकाको चौथो स्थानमा थियो । डर्टमुन्ड आरबी लाइप्जिग भन्दा ७ अंक पछाडी रहेको थियो । स्पेनी फरवार्ड पाको अल्कासेरले राम्रो प्रदर्शन गर्न नसक्दा टोली समस्यामा थियो । मार्को रिउसको चोट पनि डर्टमुन्डका लागि अर्को अल्झन बनेको थियो । यस्तो अवस्थामा हालान्डको आगमनले क्लबको स्वरुप नै बदलिदियो ।

प्रशिक्षक लुसियन फाभ्र पनि हालान्डको क्षमताको खुलेर बखान गर्छन् । ‘ उनी जे गर्छन त्यसमा पोख्त छन् । उनको मानसिकता फरक छ र सधैं गोल गर्न लागि पर्छन् । उनी एकदम सकारात्मक छन् र हामीलाई थाहा छ उनले के गर्न सक्छन्,’ फाभ्रले भने, ‘ प्रशिक्षणमा पनि उनले गोल गर्न सकेनन् भने दुखि हुन्छन् ।’

हालान्ड आउनुअघि डर्टमुन्डले प्रतिखेल २.४ गोल गरेको थियो । यसका लागि टोलीले प्रति खेल १३.७ प्रहार विपक्षी पोस्टमा गर्थ्यो । हालान्ड आएयता टोलीले प्रति खेल १३.५ प्रहार गरेपनि ३.४ गोल प्रतिखेलको औसतमा आक्रमण गर्दै आएको छ ।

हालान्डको आगमनपछि डर्टमुन्डले ९ खेलमा ३१ गोल गरेको छ । गत साता साल्केविरुद्ध रिभरडर्बी खेलमा डर्टमुन्ड ४-० ले विजयी रहेको थियो । उक्त खेलमा गोलको खाता हालान्डले नै खोलेका थिए । अब लिगमा बायर्नक एकपक्षीय उपाधि लहर तोड्न डर्टमुन्डले हालान्डकै गोलको आशा राखेको छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.