5 years ago
May 30, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका क्रोएसियन स्टार इभान राकिटिचले आफ्नो पुर्व क्लब सेभिया फर्कने चाहना रहेको बताएका छन् ।
गत बुधबार साँझ स्पेनमा प्रसारण गरिएको उनका सहयात्री स्वर्गीय जोसे एन्टेनियो रेएसको वृत्तचित्र अवलोकनपछि राकिटिचले सेभियाबाट खेलेर उनको फुटबलप्रतिको लगावलाई समर्पण गर्ने सपना रहेको बताएका हुन् । सेभियाका कप्तानसमेत रहेका स्पेनिस रेएसको २०१९ मा कार दुर्घटनामा परि निधन भएको थियो ।
राकिटिच २०१४ मा सेभियाबाट बार्सिलोना पुगेका थिए । बार्सिलोनामा राकिटिचको सम्झौता २०२१ सम्म रहेको छ । तर, बार्सिलोनाले राकिटिचलाई यसै सिजनको अन्त्यसँगै बेच्ने तयारी गरिरहेको छ । सेभियाले ३२ वर्षे राकिटिचलाई क्लबमा पुनः अनुबन्ध गर्न सक्नेछ ।
मुभिस्टार फिल्मले सेभिया फर्किएको अवस्थामा रेएसको जर्सी नम्वर १० लगाउने इच्छा कि छैन भनि सोधिएको प्रश्नमा राकिटिचले भने, ‘यो सम्भव भए हुन्थ्यो । मेरो अनन्य मित्रलाई यसरी श्रद्धान्जली दिन सक्षम भएकोमा गर्व गर्दछु । यो जर्सीमा उनको खेल्ने चाहना पुरा भएको छैन ।’
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]