5 years ago
May 21, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व प्रशिक्षक फाबियो कापेलोले ब्राजिलियन स्टार रोनाल्डो नाजारियो क्षमताका हिसाबले उत्कृष्ट खेलाडी रहेपनि ड्रेसिङ रुममा सधैं समस्या खडा गर्ने खेलाडी रहेको खुलासा गरेका छन् ।
रोनाल्डोले इटालियन प्रशिक्षक कापेलोको प्रशिक्षणमा २००६/२००७ को सिजनमा ६ महिनामात्रै खेलेका थिए । तर, यसबीचमा पनि रोनाल्डोले हदैसम्मको दुःख दिने गरेको प्रशिक्षक कापेलोले बताएका हुन् । उनीहरु दुईबीचको द्वन्द्वले गर्दा नै रोनाल्डो रियल छाडेर इटालियन क्लब एसी मिलान पुगेका थिए । ६ महिनाको दौरानमा रोनाल्डो र कापेलोबीच राम्रो बोलचाल समेत हुन सकेको थिएन ।
‘रोनाल्डो मैले प्रशिक्षण गराएको मध्येको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रतिभा हो । उनी फुटबलका सर्वकालीन हस्ती हुन् । यसमा दुईमत छैन । मैदानमा उनको प्रदर्शन सधै उत्कृष्ट नै छ,’ कापेलोले भने, ‘तर उही समयमा यि खेलाडीले ड्रेसिङ रुममा सबैभन्दा धेरै समस्या सिर्जना गर्यो । उनलाई धेरै रमाइलो र पार्टीको मोह भएको खेलाडीमा रुपमा व्याख्या गर्दछु । एकपटक मलाई रुड भ्यान निस्टेलरोयले रोनाल्डोले ड्रेसिङ रुममा मदिरा सेवन गरेर आउने गरेको बताएका थिए । त्यसपछि रोनाल्डो रियल छाडेर इटली लागे । रियलले पनि आफ्नो लय समात्न थाल्यो । तर, उनको प्रतिभामा कुनै शंका छैन ।’
रोनाल्डोले सन् २००२ देखि २००७ सम्म रियलबाट खेलेका थिए । कापेलोको प्रशिक्षणमा रोनाल्डोले १३ खेलमा मात्रै ४ गोल गरेका थिए । रोनाल्डोले रियलका लागि १७७ खेलमा १०४ गोल गरेका छन् । रोनाल्डो मिलान गएसँगै उनले प्रशिक्षक कापेलो बाहेक सबैलाई धन्यवाद दिएका थिए । ‘म रियलको समर्थकलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई अहिले पनि समर्थन गरिरहेका छन् । म यहाँ सबै टिम साथीहरुलाई र प्रशिक्षक (एक बाहेक) लाई धन्यवाद भन्न चाहन्छु,’ रोनाल्डोले भनेका थिए ।
यसको जवाफमा कापेलोले रोनाल्डोलाई शुभकामना दिँदै उनी राम्रो खेलाडी रहेको बताएका थिए । बिडम्बना त्यही सिजन कापेलो पनि बर्खास्तीमा परे । रियलले कापेलोको शैली रियलको परम्परागत प्रवाहको विपरित रहेको भन्दै उनलाई बर्खास्त गरेका थिए । त्यसको ६ महिनापछि उनी इंग्ल्यान्डका मुख्य प्रशिक्षक बनेका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]