default_image

5 years ago

May 21, 2020

यस्तो हुनेछ रियलको नयाँ जर्सी

108 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने एडिडासले निर्माण गरेको जर्सी औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै बाहिरिएको छ ।

यसअघि नै जर्सीको डिजाइनबारे खुलासा भएपनि जर्सीको स्वरूप कस्तो हुने भन्ने खुलेको थिएन । तर फुटीहेडलाइनले विगतका वर्षझैं यस वर्ष पनि विभिन्न क्लबहरुको जर्सी औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै चुहावट गरेको हो । रियलको यसपटकको होम जर्सीमा गुलाबी र कालो रंगको टेक्सचर सम्मिश्रण पनि रहनेछ ।

पछिल्लो सिजनमा प्रायोजकको रुपमा ‘फ्लाई इमिरेट्स’ रहँदै आएकोमा यसपटक ‘इमिरेट्स फ्लाई बेटर’ दुई पंक्तिमा लेखिएको हुनेछ । जर्सीको कलरमा सेतो रंग नै छ भने जर्सीमा एडिडासको तीन धर्के डिजाइन गुलाबी रंगको हुनेछ । हातको बाउलामा अन्तिममा गुलाबी र कालो रंगको टेक्सचर हुनेछ ।

अवे किट भने गुलाबी रंगको हुनेछ । सन् २०१४-१५ को अवे किटको छनक दिने यस किटमा सेतो रंगलाई दोस्रो रंगको रुपमा प्रयोग गरिएको छ । एडिडासको तीन धर्के डिजाइन पाखुराको माथिल्लो भागमा रहनेछ ।

तेस्रो किट भने कालो रंगमा चम्किलो गुलाबी रंगको डिजाइन सम्मिलित गरेर निर्माण गरिएको छ । जर्सीममा कालो रंगसँगै टेक्सचर प्रयोग गरेर आकर्षक जर्सी निर्माण गरिएको छ । रियलका समर्थकले सामाजिक संजालमा लेख्दै जर्सीलाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.