default_image

5 years ago

May 21, 2020

लौटारो बार्सिलोना जानु अर्जेन्टिनाका लागि फाइदाजनक

141 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक लिओनेल स्कालोनीले इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज क्याटलान क्लब बार्सिलोना जाँदा अर्जेन्टिनालाई फाइदा हुने बताएका छन् ।

पछिल्लो समय ट्रान्सफर बजारमा मार्टिनेजलाई बार्सिलोनाले खरिद गर्ने प्रयास गरेको चर्चा छ । स्कालोनीले अर्जेन्टिनाको लागि यो फाइदाजनक हुने भएपनि इन्टरबाट उनलाई खरिद गर्न सहज नहुने बताएका छन् । स्कालोनीका अनुसार इन्टर मिलान आफैं पनि ठूलो क्लब भएकाले ट्रान्सफर कठिन हुने अभिव्यक्ति दिएका हुन् ।

‘लौटारो आधुनिक युगका उत्कृष्ट फरवार्ड हुन् । उनलाई हरेक ठूलो टोलीले अनुबन्ध गर्न चाहन्छ । अहिले पनि उनी ठूलो टोलीमा छन् जसले हरेक अर्को टोलीसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ,’ स्कालोनीले भने, ‘ उनलाई अहिले इन्टर छोड्न सहज छैन ।’

‘लौटारो यदि भाग्यमानी छन् भने उनले मेस्सीलाई आफ्नो सहकर्मीका रुपमा पाउनेछन् एक हिसाबमा भन्दा उनीहरु जति बढी सँगै खेल्छन् त्यसले हामीलाई फाइदा पुर्याउँछ,’ प्रशिक्षकले थपे, ‘लौटारो उज्ज्वल भविष्य बोकेका युवा प्रतिभा हुन् । उनी मानसिक रुपमा पनि बलिया छन् र ठूलो लक्ष्य राखेका छन् । मैले उनलाई निर्देशन दिन सक्दिन तर उनले क्लब परिवर्तन गरेमा म उनलाई शुभकामना दिन चाहन्छु ।’

बार्सिलोनाले ३३ वर्षीय फरवार्ड लुइस सुआरेजको विकल्पमा उनलाई टोलीमा अनुबन्धन गर्न खोजेको हो मार्टिनेजले जारी सिजन ३१ खेलमा १६ गोल गरेका छन् यता सुआरेज भने चोटका कारण संघर्ष गरिरहँदा बार्सिलोनाले दिर्घकालिन रुपमा समस्या सुल्झाउन लौटारोलाई अनुबन्ध गर्ने तयारी गरेको हो

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.