5 years ago
May 21, 2020
एजेन्सी – इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले यो सिजनको इटलीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ अगस्ट २० सम्म सकाउने योजना बनाएको छ । यस्तै एफआइजिसी नयाँ सिजन १ सेप्टेम्वरबाट शुरु गर्ने तालिका बनाएको छ ।
इटलीमा खेलकुहद गतिविधि गएको मार्चदेखि स्थगित छ । इटली सरकारले जुन १४ भन्दा अघिसम्म खेलुकदको कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ । सिरी ‘ए’ क्लबहरुले प्रशिक्षण थालेपनि अझैपनि सुचारु हुने मिति तोकिएको छैन ।
एफआइजिसीका अध्यक्ष ग्राब्रिली ग्राभिना, सिरी ‘ए’ अध्यक्ष पाओलो डाल पिनो र सिरी ‘बी’ र ‘सी’ का बोर्ड सदस्यहरुको बुधबारको बैठकले यो सिजन र आउदो सिजनको खेल तालिकाबारे छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो । यस्तै एफआइजिसी कोपा इटालिया पनि अगस्टमा सकाउने बताएको छ । इटलीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले लिग प्रतियोगिता सम्वन्धीको निर्णय २८ मेमा बस्ने काउन्सिलको बैठकबाट अनुमोदन हुने बताएका छन् ।
एफआइजिसीले स्थगित लिग पुनः शुरु गर्न इच्छुक रहेको र सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ अगस्ट २० सम्म सकाउने योजना बनाएको छ । खेल गतिविधि पुनः शुरु हुनुअघि गरिने आवश्यक मापदण्डहरु काउन्सिलले निर्धारण गर्नेछ । हामी उनीह्रुके नियम पालना गर्नेछौं । र अन्त्यमा यो पनि स्वीकृत गरिएको छ कि नयाँ सिजन १ सेप्टेम्वरबाट शुरु गर्ने निर्णय गरिएको छ ।’ एफआइजिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]