default_image

5 years ago

May 20, 2020

नोएर २०२३ सम्म बायर्नमै रहने

144 views

0 Bookmark

एजेन्सी – जर्मनी राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान र गोलरक्षक म्यानुएल नोएरले सन् २०२३ सम्मका लागि जर्मन च्याम्पियन टोलीसँग सम्झौता नवीकरण गरेका छन् ।

सन् २०११ मा साल्केबाट बायर्न आएका नोएरले त्यसयता ७ पटक जर्मन लिग उपाधि जितेका छन् । ५ पटक जर्मन कप जितेका उनले क्लबसँग रहेर च्याम्पियन्स लिग उपाधि पनि जितेका छन् । सन् २०१४ को विश्वकप विजेता जर्मन टोलीका सदस्य नोएरले बायर्नमा रहने निर्णय लिन कुनै दुविधा नरहेको प्रष्ट पारे ।

‘मैले लकडाउनको समयमा फुटबल हुने नहुने नै प्रष्ट नभएका कारण निर्णय सुनाउन सकेको थिइनँ । अब फुटबल सुचारु भएसँगै मैले आफ्नो भविष्य यसै क्लबमा बिताउने निणर्य लिएको छु । म आफ्नो भविष्यलाई लिएर निकै आशावादी छु,’ उनले भने,’ यो क्लब मेरो लागि घर हो । बायर्न आज पनि युरोपको शीर्ष क्लबमा पर्दछ ।’

नोएरले यसै साता सुरु भएको जर्मन लिगअन्तर्गत युनियन बर्लिनविरुद्ध खेलमा क्लिनसिट पनि राखे । उनले जर्मनी राष्ट्रिय टोलीका लागि ९२ खेल खेलिसकेका छन् । जर्मनीले सन् २०१४ मा विश्वकप उपाधि जित्दा नोएरको भूमिका निकै महत्त्वपूर्ण रहेको थियो ।

बायर्नका प्रमुख कार्यकारी अधिकृत कार्ल हाइन्ज रुमिनेजले नोएरलाई क्लबमा राख्न पाउँदा खुसी व्यक्त गरे । ‘ हामी निकै खुसी र सन्तुष्ट छौं । नोएर विश्वका उत्कृष्ट गोलरक्षक हुन् । उनी हाम्रो कप्तान पनि हुन्,’ उनले भने ।

बायर्नले अर्को सिजन साल्केबाट युवा गोलरक्षक एलेक्जेन्डर नुबेललाई टोलीमा स्वागत गर्नेछ । जर्मनीको यू-२१ राष्ट्रिय टोलीबाट खेलिसकेका नुबेल यस सिजन आफ्नो सम्झौता सकिएपछि बायर्न आउने जनवरीमा पक्का भएको थियो ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.