5 years ago
May 20, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड, जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब इन्टर मिलानले कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सहयोगका लागि मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएका छन् ।
युरोपेली सोलिडारिटी कप नाम दिइएको प्रतियोगिता सन् २०२१ मा आयोजना गर्ने तयारी रहेको छ । कोरोनाले ग्रस्त रहेको स्पेन र इटालीका स्वास्थ्यकर्मीको सहयोगार्थ प्रतियोगिता आयोजना गर्न लागिएको हो । तीनै क्लबले यसका लागि स्वीकृति दिएपछि अब उचित मितिका लागि आयोजकले तयारी गरिरहेको छ ।
स्पेन र इटाली युरोपमा कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रमध्य हुन् । इटालीमा ३२ हजार बढीको मृत्यु हुँदा स्पेनमा झन्डै ३० हजारले ज्यान गुमाइसकेका छन् । पछिल्लो दुई महिनामा जनजीवनसँगै खेलकुद समेत प्रभावित हुँदा आर्थिक स्थिति पनि कमजोर भएको छ ।
युरोपेली सोलिडारिटी कप सन् २०२१ मा गर्दा समर्थकको उपस्थिति पनि हुने विश्वास गरिएको छ । अहिलेको योजना अनुसार प्रतियोगिता सबै तीन सहरमा आयोजना हुनेछ । रियल म्याड्रिडले जारी गरेको विज्ञप्ति अनुसार तीन क्लबले संयुक्त रपमा आयोजना गर्न लागेको प्रतियोगिताबाट उठेको रकम स्पेन र इटालीमा स्वास्थ्य सामग्री खरिदका लागि प्रयोग हुनेछ ।
प्रतियोगिताको म्याड्रिड र इन्टरको खेल बर्नाबाउमा, इन्टर र बायर्नको खेल सानसिरोमा तथा बायर्न र म्याड्रिडको खेल आलियान्ज एरिनामा हुनेछ । प्रतियोगिताका लागि हरेक टोलीको खेल तालिका अध्ययन गर्नुपर्ने भएकाले हाललाई मिति सार्वजनिक गरिएको छैन ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]