default_image

5 years ago

May 21, 2020

‘रोनाल्डोजस्तो कोहि हुन सक्दैन’

136 views

0 Bookmark

एजन्सी – लामो समयदेखि बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोमध्ये आधुनिक फुटबलका उत्कृष्ट खेलाडी को हुन् भन्ने विवाद चलिरहेको छ । यसमा अलग अलग तर्क हरु पाइन्छ ।

यसबीचमा ब्राजिलियन पूर्व खेलाडी रोबेर्टो कार्लोसले मेस्सी , रोनाल्डो भन्दा पनि उनका पूर्व सहकर्मी रोनाल्डो नाजारियो सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व लेफ्ट ब्याक कार्लोसले रोनाल्डो नाजारियोसँग ब्राजिलियन टोली र क्लबबाट लामो समयसँगै खेलेका थिए । कार्लोसले अरु भन्दा रोनाल्डो किन फरक भन्ने तर्क प्रस्तु गरेका छन् ।

‘रोनाल्डो उत्कृष्ट थिए । उनी जस्तो न मेस्सी, न क्रिस्टियानो र नेयमार कोहि छैनन् । उन जस्तो अर्को कोहि हुन सक्दैन’, कार्लोसले भनेका छन्, ‘हाम्रो समयमा गोल गर्न निकै कठिन थियो । निकै शारीरिक खेल हुन्थ्यो । फरवार्डले कमै अवसर पाउते । त्यसमामा रोनाल्डो सबै चिज गर्न सक्थे ।’

रोनाल्डोले आफ्नो अद्भुत क्षमनाले रियलका धेरैलाई आश्चार्यमा पारेको स्मरण गरेका छन् । ‘रियलमा उनी आउनु कति प्रभावशाली उपस्थिति थियो भन्ने मलाई थाहा थियो । तर क्लबका कतिले त्यो मानेका थिएनन्’, उनले भने, ‘उनले धेरैलाई आश्चार्यमा पारे । मलाई थाहा छ बर्नाबोउमा ८० हजार समर्थक उनको उपस्थितबाट खुसी थिए ।’

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.