5 years ago
May 19, 2020
एजेन्सी – बार्सिलोनाले सन् २०१२/१३ को सिजन स्पेनिस ला लिगा उपाधि जित्दा टोलीमा रहेका मिडफिल्डर एलेक्स संगले आफू पैसाकै लागि भनेर क्याटलान क्लबमा अनुबन्ध भएको बताएका छन् ।
क्यामरुनको राष्ट्रिय टोलीबाट लामो समय खेलेका संग इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना पुगेका थिए । आर्सनलका लागि २ सय भन्दा बढी खेल खेलेका संगले बार्सिलोनामा एक सिजन बिताउँदै २० खेल खेले । उनले करीअरको एकमात्र ट्रफीका रुपमा बार्सिलोनाबाट नै स्पेनिस लिगको उपाधि जितेका थिए ।
संगले बार्सिलोनाले अनुबन्ध गर्ने इच्छा देखाउने बितिक्कै आफू त्यहाँ जान राजी भएको बताए । ‘ मैले आर्सनल करीअर भरमा पनि १ लाख पाउँद बचत गर्न सकिन । मेरो तलब मासिक १५ हजार थियो र बाहिर मानिसले मलाई अर्बपति छु भन्ने सोच्थे,’ उनले भने, ‘ बार्सिलोनाले सम्पर्क गर्नेबितिकै मैले आफू तयार रहेको बताएँ । मैले करीअर सकिएपछि आफ्नो परिवारको लागि भनेर नै पैसा कमाउने सोचले त्यहाँ पुगें ।’
‘मैले सम्झौता गर्नुअघि नै बार्सिलोनाका खेलकुद निर्देशकलाई भेटेको थिएँ । उनले मलाई धेरै खेल्न नपाउने जानकारी दिएका थिए । मलाई त्यसबारे मतलब थिएन । मलाई पैसा कमाउनु थियो र त्यसैसँग मतलब राखें,’ उनले थपे, ‘२० वर्षको उमेरमा फरारी चढ्ने धनि हुँदैन । ५० वर्षको उमेरमा पनि बेन्टली चढ्ने छ भने उसलाई सम्मान मिल्छ ।’
संगले त्यसपछिको दुई सिजन बार्सिलोनाबाट लोनमा इंगलिस क्लब वेस्ट ह्याममा बिताए । उनले वेस्ट ह्याममा खेलेपनि बार्सिलोनाले उनको तलब पूरै बेहोरेको थियो । त्यसपछि सन् २०१६ मा रसियाली क्लब रुबिन काजान पुगेका उनले सन् २०१८ मा स्विटजरल्यान्डको सियोनबाट खेले ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]