5 years ago
May 19, 2020
एजेन्सी – पोर्चुगिज सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो मंगलबारदेखि युभेन्टसको टिमसँगको प्रशिक्षणमा जोडिएका छन् । रोनाल्डोले १४ दिनको क्वारेन्टिन अवधि पुरा गर्दै टिमसँगको प्रशिक्षणमा जोडिएका हुन् ।
रोनाल्डो दुई साताअघि देखि पोर्चुगलको मडेरियाबाट टुरिन पुगेका थिए । युभेन्टसले कोन्टिनासा ट्रेनिङ सेन्टरमा पछिल्लो दुई सातादेखि प्रशिक्षण गर्दै आएका छन् । मंगलबारदेखि उनी पनि टिमसँगैको प्रशिक्षणमा जोडिनेछ । रोनाल्डो प्रशिक्षणमा फर्किएपछि प्रशिक्षणस्थल नजिकै भीडभाड हुनसक्ने र सुरक्षाको कारण देखाउदै प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छैन । सिरी ‘ए’ टिमले सानो समूह बनाएर प्रशिक्षण थालिसकेका छन् ।
युभेन्टसका खेलाडी ड्यानियल रुगानी र ब्लेइस म्याथुइडीलाई कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोसँगै उनका पे्रमिका जर्जिना रोड्रिग्वेज र उनका ४ सन्तान मार्चमा मडेरिया पुगेका थिए । इटली सरकारले विदेशी खेलाडीको हकमा अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको थियो । उनले त्यही नियमलाई पालना गरेका थिए । झन्डै दुई महिनापछि प्रशिक्षणमा फर्कदा युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले रोनाल्डो टिमसँगको पहिलो प्रशिक्षणमा पुरानै शैलीमा रहने बताएका छन् ।
यो दुई महिनाभन्दा बढीको समयमा रोनाल्डो मडेरियामा रहेपनि आफ्नो नियमित प्रशिक्षणलाई जारी राखेका थिए । पछिल्लोपटक १४ दिने क्वारेन्टिनमा रहँदा रोनाल्डोले आफ्नो छोरा क्रिस्टियानो रोनालडो जुनियरसँग बगैचामा प्रशिक्षण लिएका थिए । युभेन्टसका आरोन राम्सी, जुआन कोर्डाडो र जर्जियो चिलिनीलगायतका खेलाडीले टिमसँगै प्रशिक्षण गरिरहेका छन् ।
इटलियन फुटबल फेडेरेसन (एफआइजिसी) ले सरकारको अनुमति पाएको अवस्थामा १५ जुनदेखि सिरी ‘ए’ फुटबल शुरु गर्ने तयारी गरिरहेको छ । इटलीका प्रधानमन्त्री गुइसिपी कोन्टेले आइतबार मात्रै १४ जुनसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएका छन् । इटली लिग आयोजकले शनिबारदेखि शुरु भएको जर्मन बुन्डेस लिगा अनुसार नै सिरी ‘ए’ सुचारु गर्न सक्दछ ।
युभेन्टसले इटलीमा लकडाउन हुनुअघि ८ मार्चमा इन्टर मिलानलाई २–० ले पराजित गरेको थियो । आरोन राम्से र पाउलो डिबालाले गोल गरेका थिए । युभेन्टस ६३ अंक जोडेर शीर्ष स्थानमा छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]