5 years ago
May 19, 2020
एजेन्सी – कोरोना महामारीकै बीचमा गएको शनिबारदेखि जर्मन बुन्डेस लिगा फर्किएको छ । सोमबार राति मात्रै कोरोनापछि पहिलो चरणको खेलहरु सकिएका छन् । स्वभाविक रुपमा उपाधिको दावेदार टोलीले जित हात निकालेका छन् ।
स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ फर्कने तयारीमा छन् । सबै क्लबहरुले प्रशिक्षण थालिसकेका छन् । सोमबारदेखि ला लिगामा १० जनासम्मलाई सामुहिक प्रशिक्षणका लागि अनुमति पाइसकेका छन् । तर, लिग शुरु हुने आधिकारिक मिति सार्वजनिक हुन सकेको छैन । सम्भवत ला लिगा, प्रिमियर लिग र सिरी ‘ए’ जुन दोस्रो सातादेखि शुरु हुन सक्नेछ ।
यसैबीचमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सिजनको बाँकी खेल शुरु हुनेमा आशावादी रहेको र रियल उच्च तयारीका साथ आउने बताएका छन् । ‘हामीले निकै कठिन र चुनौतीपुर्ण समयको सामना गरिरहनु परेको छ । यो क्षति र पीडालाई व्यक्त गर्न सकिदैन । तर, हामी यि सबैबाट पार पाएर सामान्य रुपमा फर्कनुपर्दछ,’ जिदानले स्पेनिस पत्रिका मार्कासँग भने, ‘हामी सुरक्षित रुपमा फुटबल फर्कन तयार छौं । हामी उच्च तयारीका साथ आउने छौं ।’
यस्तै जिदानले ला लिगामा बार्सिलोनासँग २ अंकले पछि रहेपनि अहिले नै उपाधिबारे केही भन्न नसकिने बताएका छन् । ‘हामी बार्सिलोनासँग २ अंकले पछि छौं । तर, अझै ११ खेल बाँकी छ । यो खेलले नतिजा जतापनि लैजान सक्दछ । तर, हामी बार्सिलोनाभन्दा अघि बढ्न चहान्छौं । च्याम्पियन बन्न चाहन्छौं । त्यसका लागि हामी सबथोक गर्न तयार छौं,’ जिदानले भने । ला लिगाको २७ चरणको खेल सकिँदा बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।
यस्तै जिदानले च्याम्पिन्स लिगमा म्यानचेस्टर सिटीसँगको खेलको बारेमा अहिल केही पनि नसोचेको र ध्यान ला लिगामा नै रहेको बताएका छन् । रियल च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा घरेलु मैदानमा सिटीसँग २–१ ले पराजित भएको थियो । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]