default_image

5 years ago

May 19, 2020

रोनाल्डो र च्याम्पियन्स लिग पर्याय

132 views

0 Bookmark

एजेन्सी – इटली तथा इटालियन क्लब युभेन्टसका भेट्रान डिफेन्डर जर्जियो किएलिनीले युइएफए च्याम्पियन्स लिगमा आफ्ना क्लबका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई माथिल्लो स्तरको खेलाडीको संज्ञा दिएका छन् ।

किएलिनीले च्याम्पियन्स लिगमा रोनाल्डोको प्रदर्शन हेर्ने हो भने उनलाई च्याम्पियन्स लिगको राजा घोषणा गर्दा फरक नपर्ने बताएका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोले आफ्नो नाममा थुप्रै कीर्तिमान राखेका छन् । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत हुन् । उनले च्याम्पियन्स लिगमा १२९ गोल गरेका छन् । रोनाल्डो र च्याम्पियन्स लिग पर्याय जस्तै बनेका छन् ।

यस्तैमा किएलिनीले युभेन्टसले यो सिजनको च्याम्पियन्स लिग जित्न सक्ने बताएका छन् । ‘हामी प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब लियोनसँग पछि परेका छौं । तर, हामी खेलमा फर्कन सक्छौं ।’ चिलिनीले भने, ‘हामीसँग टोलीमा रोनाल्डो छन् । च्याम्पियन्स लिग खेल्न सबै खेलाडीलाई उत्साह थपिन्छ । रोनाल्डोको प्रेरणामा टिमले जस्तोसुकै नतिजा उल्टाउने सक्ने क्षमता राख्दछ ।’

युभेन्टस सिरी ‘ए’ को सदाबहार च्याम्पियन टोली हो । तर, युभेन्टसले १९९६ देखि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यतिबेला युभेन्टसले डच क्लब आयाक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

रोनाल्डोले दुई फरक क्लब रियल मड्रिडबाट ४ तथा म्यानचेस्टर युनाइटेडबाट १ गरी ५ उपाधि जितेका छन् । रोनाल्डोले युभेन्टसबाट समेत च्याम्पियन्स लिगको उपाधि जितेर अर्काे कीर्तिमान कायम राख्ने किएलिनीले बताएका छन् ।

‘रोनाल्डो आफ्नो करियरको उत्तर्रार्द्धमा छन् । उमेर अनुसार खेलको स्तर परिवर्तन हुनुपर्ने भएपनि उनले गज्जवको प्रदर्शन गरिरहेका छन् । उनको प्रदर्शनमा खोट लगाउने कुनै ठाँउ छैन,’ इन्स्टाग्राम लाइभमा किएलिनीले भने, ‘उनले च्याम्पियन्स लिगमा जुनसुकै टोलीविरुद्ध अविश्वसनीय प्रदर्शन गरेका छन् । त्यसैले यसपटक मलाई विश्वास छ । उनले फरक कीर्तिमान बनाउनेछन् ।’

३५ वर्षे रोनाल्डो २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस पुगेका थिए । रोनाल्डोले यो सिजन युभेन्टसबाट ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोको व्यक्तिगत प्रदर्शन

युइएफए क्लब कम्पिटिसनमा सर्वाधिक १३१ गोल

च्याम्पियन्स लिगमा सर्वाधिक १२९ गोल

च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक १७ गोल (२०१३/१४)

पाँचपटक च्याम्पियन्स लिग जित्ने खेलाडी

च्याम्पियन्स लिगको तीनै संस्करणको फाइनलमा गोल गर्ने एक्ला खेलाडी

च्याम्पियन्स लिगको समूह चरण (सबै ६ खेल) मा गोल गर्ने एक्ला खेलाडी

च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने एक्ला खेलाडी

च्याम्पियन्स लिगमा एकै क्लब (युभेन्टस) विरुद्ध सर्वाधिक १० गोल गर्ने खेलाडी

सर्वाधिक चारपटक युइएफए क्लब फुटबलर, बेस्ट अवार्ड

च्याम्पियन्स लिगमा ३३ फरक क्लबविरुद्ध गोल

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.