default_image

5 years ago

May 19, 2020

ब्रेमेनमाथि लिभरकुसेनको सहज जित

113 views

0 Bookmark

एजेन्सी – बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । लिभरकुसेनले वेर्डेर ब्रेमेनमाथि ४–१ को सहज जित निकालेको हो । 

लिभरकुसेनको जितमा केइ हाभर्टजले दुई तथा मिचेल विसेर र किरिम डिमिरवेले समान १ गोल गरे । ब्रेमेनका थियोडर जिब्री सिलासीले सान्तवना गोल फर्काए ।

सोमबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा हाभर्टजको गोलमा पाहुना टोली लिभरकुसेनले खेलम अग्रता बनाएको थियो । तर, लिभरकुसेनको त्यो अग्रता लामो समय टिकेन । ३०औं मिनेटमा सिलासीले बराबरी गोल फर्काए ।  ३३औं मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गरेपछि लिभरकुसेनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा लिभरकुसेनले थप दुई गोल गर्दै ३ अंक जोड्न सफल भए । ६१औं मिनेटमा विसेरले तथा ७८औं मिनेटमा डेमिरवेले गोल गर्दै लिभरकुसेनलाई ४–१ को सहज जित दिलाए । दोस्रो हाफमा घरेलु टोलीको प्रदर्शन फितलो बन्यो ।

जितसँगै लिभरकुसेन २६ खेलबाट ५० अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित व्रेमेनलाई रेलिगेसनको डर बढेको छ । ब्रेमेन २५ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.