5 years ago
May 19, 2020
एजेन्सी – प्रशिक्षणमा फर्केका रियल म्याड्रिडका फरवार्ड इडन हाजार्ड ला लिगाको पुनः सुरुवातका लागि उत्साहित छन् । चोटका कारण रियलमा आफ्नो पहिलो सिजनको सुरुवातमा हाजार्डले खासै प्रभाव पार्न सकेका छैनन् । अब भने उनी पुनः खेलमा फर्कनका लागि उत्साहित छन् ।
अहिले म एकदमै सहज महसुस गरिरहेको छु । मैदानमा टोलीका साथीहरुसँग मेहनत गर्दैछु, उनले भने, अब हामी आउने खेलको प्रतिक्षमा छौं । तर म खुसी छु । दुई महिना मैदान बाहिर रहेकोले अब मैले शारीरिक र बलसहित मेहनत गर्नुछ । म अर्को खेलका लागि तयार हुन चाहन्छु ।’
एक साता अलग अलग अभ्यास गरेपछि ला लिगाका क्लबहरु सोमबारबाट १० खेलाडी भन्दा माथिको समूहमा अभ्यास गर्न थालेका छन् । हाजार्ड त्यसमा खुसी छन् । ‘अब प्रशिक्षण राम्रो भइरहेको छ । अब हामीले चाहे जसरी अभ्यास गर्न पाएका छौं,’ बेल्जियन स्स्टारले भने, ‘पहिलो साता अलिक अनौठो लाग्यो । तर, अब हामी समुहमा अभ्यास गर्न सक्छौं । गोलका लागि प्रशिक्षण गर्न सक्छौं । हामी सबै सँगै अभ्यास गर्न र समूहमा कोसिस गर्न चाहन्छौं ।’
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]