default_image

5 years ago

May 19, 2020

नेयमारभन्दा एमबाप्पे उत्कृष्ट

96 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका डिफेन्डर जर्जियो किएलिनीको नजरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली स्टार केलियन एमबाप्पे ब्राजिलियन फरवार्ड नेयमार भन्दा उत्कृष्ट छन् ।

किएलिनीले सन् २०१६ मा एमबाप्पले खेलेको पहिलो पटक देख्दा उनी कुन ग्रहबाट आएका हुन् भनेर सोधेको स्मरण गरेका छन् । झन्डै २० वर्षदेखि माथिल्लो स्तरको फुटबल खेलिरहेका किएलिनीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको सन्यासपछि विश्व फुटबलको उत्कृष्ट खेलाडी एमबाप्पे हुने बताएका छन् ।

२१ वर्षे फ्रान्सेली फरवार्डले नेयमारलाई पछि पारिसकेको पनि किएलिनीले उल्लेख गरेका छन् । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । किएलिनीले नयाँ आत्मकथामा एमबाप्पेका बारेमा उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण फुटबल स्थगित हुनु अघि एमबाप्पेले यो सिजन ३३ खेलमा ३० गोल गरिसकेका छन् ।

‘एमबाप्पे विश्व फुटबलका भविष्यका स्टार हुन् । रोनाल्डो र मेस्सीले खेल्न छाडेपछि बालोन डी ओर उनले नै जित्नेछन् । एमबाप्पले साच्चै अद्भुत खेलाडी हुन्’, उनले भनेका छन्, ‘मैले उनलाई पहिलो पटक २०१६-१७ को च्याम्पियन्स लिगमा मोनाकोबाट म्यानचेस्टर सिटीविरुद्ध खेलेको हेरेको थिए । प्रभावशाली थिए । मैले पहिलो हाफको अन्तिममा फावियो पाराटिकीलाई उनी को र कुन ग्रहबाट आएका भनेर सोधेको थिएँ ।’

किएलिनीले त्यति बेला फाबियोका जवाफ स्मण गरे, ‘म उनलाई केहि समयदेखि चिनेको छु । कसैले रोक्न सक्दैनन् । अहिले उनी १८ वर्षका भए । हामीले युरोपमा सेमिफाइनलमा उनको सामना गर्नुपर्नेछ ।’

‘एमबाप्पले अहिले २१ वर्षका भए । उनले विश्वकप जितिसकेका छन् । उनको गति, टेक्निक अर्को स्तरमा रहेको जनाउँदै भनेका छन्। उनीसँग कुनै कुराको कमी छैन; ,किएलिनीले थपे, ‘उनी त्यो खेलाडी हुन्, जसले खेलमा प्रभाव जमाउँछन् । मलाई लाग्छ एमबाप्पे नेयमार भन्दा उत्कृष्ट छन् । एक रुपको प्रदर्शन गर्छन । भविष्य उनको हो ।’

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.