5 years ago
May 18, 2020
एजेन्सी – पछिल्लो समय विश्व फुटबल जगतमा नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको चर्चा चुलिएको छ । यसै जनवरीको विन्टर ट्रान्सफर विन्डोमा अष्ट्रियाको साल्जबर्गबाट बोरुसिया डर्टमुन्ड आएका उनले लगातार गोल गर्दै उच्च लयमा रहेको संकेत दिएका छन् ।
स्पेनिस महारथी रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि उनको स्थान लिन धेरै विकल्प प्रयोग गर्यो । क्लबमै रहेका ग्यारेथ बेल र करीम बेन्जेमाले उक्त जिम्मेवारी लिन नसकेपछि चेल्सीका इडेन हाजार्ड म्याड्रिड आए । तर पहिलो सिजनमा उनले खराब सुरुवात गर्दै आशा अनुसार प्रदर्शन गर्न नसक्ने संकेत देखाएका छन् । यस्तो अवस्थामा किलियन एमबाप्पेलाई आफ्नो ट्रान्सफर टार्गेट बनाएको रियलले हालान्डलाई पनि विकल्पको रुपमा हेरेको छ ।
कोरोना संक्रमणका कारण स्थगित सबै लिगमध्य जर्मन बुन्डेसलिगा शनिबारदेखि सुचारु भयो । पहिलो खेलमा नै हालान्डले आफ्नो पुरानै ले समात्न धेरै बेर खर्चेनन् । छोटो समयमा नै युरोपेली लिगमा चर्चा बटुल्न सफल हालन्डलाई रियलले खरिद गर्नुअघि सोच्नुपर्ने सकारात्मक पक्ष र नकारात्मक पक्ष निम्न अनुसार छन् ।
सकारात्मक पक्ष :
१. हालान्डको तथ्यांक : जनवरी महिनामा डर्टमुन्ड आएका हालान्डले क्लबका लागि सबै प्रतियोगितामा खेलेका ९ खेलमा १० गोल गरेका छन् । उनले सहजै अष्ट्रियाको लिगबाट जर्मनीमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
२. सहि उमेर : हालान्ड भर्खर १९ वर्षका भए । व्यावसयिक करीअरको सुरुवातमा रहेका उनले आफ्नो खेललाई अझै परिस्कृत गर्दै लैजान सक्छन् । रियल म्याड्रिडमा आएर उनले अझै आफ्नो प्रदर्शनलाई बढावा दिने अवसर हुनेछ ।
३. पूर्ण फरवार्ड : रियल म्याड्रिडमा लामो समयदेखि पूर्ण फरवार्डको कमी महसुस भएको छ । जिनेदिन जिदानले करीम बेन्जेमालाई उक्त भूमिकामा प्रयोग गरेपनि उनी त्यस किसिमका खेलाडी होइनन् । हालान्डको फस्ट टच फिनिस र गोल गर्ने क्षमताले रियललाई निकै फाइदा पुग्नेछ ।
४. डर्टमुन्ड प्रतिभा बेच्ने टिम हो : बोरुसिया डर्टमुन्डले पछिल्लो समय आफ्नो क्लबमा खेलाडी टिकाएर राख्न सकेको छैन । आर्थिक रुपमा केहि कमजोर रहेकाले पनि मोटो रकमको प्रस्ताव गरेमा रियलले हालान्डलाई सान्टियागो बर्नाबाउमा उतार्न सक्छ । एमबाप्पेको हकमा भने पीएसजी बाधक बन्न सक्छ ।
नकारात्मक पक्ष :
१. खेल समय : हालान्डले अझै केहि समय शीर्ष लिगमा आफूलाई परिक्षण गर्नुपर्छ । उनले अझै केहि समय जर्मन लिगमा गोल गर्ने र खेल खेलेपछि मात्र रियलमा जानु उचित हुने देखिन्छ ।
२. दबाब : रियल म्याड्रिडका लागि खेल्नु भनेको दबाबका बीच नियमित प्रदर्शन गर्नु हो । हालान्ड युवा खेलाडी हुनु राम्रो पक्ष भएपनि लगातार दबाबका बिच खेलेर नियमित प्रदर्शन गर्नु उनको लागि हानिकारक हुन सक्छ ।
३. सुरुवात गर्ने क्षमता : हालान्ड जस्तो प्रतिभाले नियमित रुपमा सुरुवाती रोजाईमा परेर आफूलाई सिद्ध गर्नुपर्छ । डर्टमुन्डमा उनले केहि खेल नराम्रो भएपनि त्यो अवसर पाउनेछन् । रियालमा भने त्यस्तो अवस्था आएमा उनले बेन्चमै बस्नुपर्ने हुन्छ । लुका जोभिच यसको जल्दोबल्दो उदाहरण पनि हुन् ।
४. उचित स्थान : हालान्डले साल्जबर्ग छोड्ने बेलामा डर्टमुन्ड आफ्नो लागि उचित क्लब रहेको बताएका थिए । त्यसबेला पनि उनको माग युरोपका ठूला क्लबले गरेका थिए । तर हालान्डले आफ्नो खेल सुधार गर्न जर्मन क्लब रोजे । अब उनले आफ्नो लागि उचित स्थान कतिबेला परिवर्तन गर्ने निर्णय लिन्छन्, रियल त्यसको प्रतिक्षामा हुन्छ ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]