default_image

5 years ago

May 18, 2020

चेल्सी स्टार ओडोई पक्राउ

112 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउन उल्लंघन गर्दै अवेरसम्म बाहिर रहेका कारण ओडोईलाई एक महिला मोडलसँगै पक्राउ गरेका हुन् । 

इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरका अनुसार हड्सन र एक महिलालाई आइतबार बिहान ४ बजे पक्राउ गरिएको बताएको छ । पुलिसको रिपोर्ट अनुसार हड्सनले पेन्टहाउसमा महिलालाई बोलाएको र घट्नामा एक एम्बुलेन्स पनि प्रयोग गरिएको बुझिएको छ ।

प्रहरी प्रवक्ताका अनुसार प्रहरी र लन्डन एम्बुलेन्स सेवालाई महिलाले आइतबार बिहान ३ः५३ मा बोलाएको थियो । उनलाई अस्पताल पुर्याइएको थियो । जहाँ एक पुरुषलाई घट्नास्थलमा पक्राउ गरिएको थियो । महिला अस्पतालामा तथा पुरुष हिरासतमै छन् ।

यस विषयमा अनुसन्धान जारी राख्न प्रहरी हड्सनतर्फ नै फर्किएको छ । दि सनका अनुसार हड्सन र ति महिलाको भेट अनलाइनमा भएको पुष्टि भएको छ । हड्सनले ति महिलालाई आफ्नै घरमा भेट्न आमन्त्रित गर्दै उनीलाई लिनको लागि साधन पठाइएको बुझिएको छ । उनीहरुले अपार्टमेन्ट खुशी आदन प्रदान गरिएको पाइएको उनीहरुका छिमेकीले बताएका छन् । छिमेकीका अनुसार ति मोडल निकै नै ‘ग्लयामरस’ रहेको र उनले लुइ वुटनको ब्याग बोकेकी थिइन् ।

लन्डन क्लब चेल्सीले यसबारे बुझिरहेको बताएको छ । उनी कोरोना संक्रमण हुने पहिलो इंग्ल्यान्डका खेलाडी बनेका थिए । उनलाई गएको मार्चमा कोरोना पुष्टि भएको थियो । अप्रिलमा उनी कोरोनामुक्त भएका थिए । उनलाई यसै साताबाट प्रशिक्षणमा फर्कन क्लबले निर्देशन दिएको थियो ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.