default_image

5 years ago

May 18, 2020

रियलमा बेन्जेमा एक्ला फरवार्ड !

175 views

0 Bookmark

एजेन्सी – कोभिड–१९ पछि स्पेनिस ला लिगा शुरु भएको अवस्थामा स्पेनिस महारथी रियल म्याड्रिडले सिजनको अन्त्यसम्म एक्लो फरवार्ड करिम बेन्जेमामा मात्रै भर पर्नुपर्ने देखिएको छ । 

मे ११ देखि प्रशिक्षण स्थल भाल्डेबेवासमा रियलले गएको सातादेखि प्रशिक्षण थालेपनि प्रशिक्षणमा बेन्जेमा मात्रै उपस्थित रहेका छन् । सेन्टर फरवार्ड लुका जोभिक र मारियानो डियाज चोटका कारण प्रशिक्षणमा सामेल हुन सकेका छैन । सर्वियन लुका जोभिकले घरमै प्रशिक्षण दौरान चोट बोकेका थिए ।

सामान्यतया बेन्जेमाको ब्याकअप नहुनु रियलको लागि चिन्ताको विषय हो । तर, क्लब का मुख्य प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीमा एक्लो फरवार्ड राख्ने बानी पारिसकेको छ । रियलले यो सिजन ३९ खेल खेल्दा ३५ खेलमा मारियानो डियाज तथा १५ खेलमा लुका जोभिकले खेल्ने मौका पाएनन् । यसको अर्थ बेन्जेमाले नै यो सिजन रियलको अग्रपङ्ति सम्हालेका छन् । उनले यो सिजन रियलका लागि १३ गोल गरेका छन् ।

केही खेलमा जोभिक र मारियानो डियाजले अन्तिम १० मिनेटसम्म मैदानमा बिताएका छन् । इएल क्लासिकोमा मारियानो डियाज सब्सिच्युट खेलाडीको रुपमा प्रवेश गर्दै गोल गर्न सफल भएका थिए ।

खासमा २०१७ मा अल्भारो मोराटा इंग्लिस क्लब चेल्सीमा गएदेखि देखि नै रियलले बेन्जेमालाई एक्लो फरवार्डको रुपमा प्रयोग गर्दै आइरहेको छ । त्यसपछि रियलले फ्रेन्च क्लब लियोनबाट बोर्जा मायोरललाई ल्याएपनि उनी प्रभावकारी देखिएनन् । उनले २०१७-१८ को सिजनमा रियले खेलेको ६२ मध्ये ३८ खेलमा मात्रै मौका पाएका थिए ।

त्यसपछि प्रशिक्षक जुलियन लोप्टेगुईले बेन्जेमाको ब्याकअपमा लोनमा फ्रेन्च क्लब लियोनमा खेलिरहेका मारियानो डियाजलाई स्थायी रुपमा रियलमा ल्याएपनि उनी इन्ज्युरी र प्राविधिक निपुणताका कारण पुरै खेल खेल्न पाएनन् । उनले २०१८-१९ को सिजन रियलले ५६ खेल खेल्दा ३५ खेलमा मात्रै मौका पाएका थिए ।  जिदानसँग मारियानो र जोभिक फिट नहुदा यो सिजन बेन्जेमाबाहेक अन्य विकल्प पनि हुने छैन ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.